• Tuesday, April 22, 2025

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत

काठमाडौं, चैत ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको हो । विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको छ । एक मत तटस्थ रहेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा कुल २६२ जनाको उपस्थिति थियो। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको पक्ष र विपक्षमा भएको मत विभाजनको परिणाम सार्वजनिक गर्नुभएको हो। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको हो।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिनु भएको हो । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रस्तावको विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ।

प्रधानमन्त्री प्रचण्ड नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत हुनुहुन्छ । माओवादी केन्द्र ३२ सिटसहित संसद्‍को तेस्रो ठूलो दल हो ।

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पश्चात् प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको हो । सरकार गठनपछि पहिलो पटक विश्वासको मत लिने क्रममा पुस २६ गते प्रधानमन्त्रीले ऐतिहासिक बहुमत प्राप्त गर्नुभएको थियो । पहिलो पटक उहाँले प्रतिनिधि सभाको कुल सदस्य दुई सय ७५ मध्ये पक्षमा दुई सय ६८ मत पाउनुभएको थियो ।

अघिल्लो गठबन्धनभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा कुरा नमिलेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए । दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकार छोडेपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनुभएको हो । प्रतिनिधि सभाको अर्को बैठक चैत १२ गते दिउँसो १ बजे बस्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter