• Tuesday, April 22, 2025

पाँच एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, चैत ८ गते। नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति हुनुभएका पाँच एआइजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बुधबार एक कार्यक्रमकाबीच एआइजी पदमा बढुवा हुनुभएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गर्नुभयो।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै पदोन्नति भएका मध्यबाटै सङ्गठन प्रमुख हुने भएकाले आगामी दिन सङ्गठन प्रमुखको रूपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार हुन निर्देशन दिनुभयो। उहाँले सङ्गठनको उच्च तहमा रहने प्रहरीले चौतर्फी रूपमा चुनौतीको सामना गर्नुपर्ने भएकाले उक्त चुनौती र जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो।

महानिरीक्षक सिंहले सङ्गठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशील र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनुपर्ने उल्लेख गर्नुभयो। बढुवा हुनुभएका एआइजीको तर्फबाट मन्तव्य राख्दै एआइजी वसन्तबहादुर कुँवरले पदोन्नतिसँगै गहन जिम्मेवारीको बढोत्तरी हुने हुँदा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले समग्र सुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी बोकेको प्रहरी सङ्गठनमा सङ्गठनप्रति व्यावसायिक र निष्ठावान् रही जिम्मेवारी बहन गर्ने कार्यमा सबैको सत्प्रयास अपरिहार्य रहेको बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter