• Tuesday, April 22, 2025

बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षा

धर्बेन्द्र झा / धनुषा, चैत ८ गते । धनुषामा बालबालिका सपना कार्यक्रममार्फत तीन वर्ष मुनिका बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावकलाई शिक्षा प्रदान गर्न थालिएको छ । त्यसले बालबालिकाको प्रारम्भिक विकासमा सकारात्मक प्रभाव देखिन थालेको बताइएको छ ।

सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरधामले प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा मार्च २०२२ देखि धनुषा जिल्लामा सञ्चालनमा ल्याएको सो परियोजनाको कामबारे सञ्चारकर्मीलाई जानकारी दिन बुधबार जनकपुरधाममा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक विवश श्रेष्ठले बालबालिकाको विकासका लागि काम भइरहेको बताउनुभयो ।

परियोजनामार्फत दश महिनाको अवधिमा १८ सय परिवार लाभान्वित भएको उहाँको भनाइ छ । अभिभावकलाई सुनौलो हजार दिनसम्ममा बालबालिकाका लागि गर्नुपर्ने कामकाज सरसफाइ र स्याहारसुसार सम्बन्धमा जानकारी गराउनुभयो । बालबालिकाको प्रारम्भिक विकासमा सकारात्मक प्रभाव देखिएमा यसले दिगो विकासका लक्ष्य हासिल गर्नमा मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास र अनुसन्धान केन्द्रका निर्देशक शुकदेव ठाकुरले बालबालिकाको बौद्धिक, सामाजिक, भाषिक, संवेगात्मक र शारीरिक विकासका लागि अभिभावकले बालबालिका जन्मेको दिनदेखि नै ख्याल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले मनोसामाजिक स्याहार तथा प्रारम्भिक उत्प्रेरणाले मस्तिष्क विकासमा गहिरो प्रभाव पार्ने भएकोले जन्मेको दिनदेखि नै बालबालिको ख्याल गर्ने विषयमा परियोजनाले काम गरिरहेको उहाँहरूको भनाइ छ ।

कार्यक्रममा केन्द्रका कार्यक्रम संयोजक निकिता यादवले तीन वर्ष मुनिका बालबालिकाको स्याहारका लागि अभिभावक शिक्षामार्फत बुवा र आमाको भूमिका के हुने भन्ने बारेमा परियोजनामार्फत जानकारी दिने गरिएको बताउनुभयो । पहिलो पल्ट विदेह नगरपालिकाको वडा ३ र ९, जनकनन्दनी गाउँपालिकाको वडा ३ र ४ मा कार्यक्रम लागु गरिएको उहाँहरूको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter