‘व्यापारघाटा कम गर्न नसके आर्थिक समृद्धि आउँदैन’

काठमाडौं, चैत ९ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापारघाटा कम गर्न नसकेसम्म आर्थिक समृद्धि आउन नसक्ने बताउनुभएको छ । नेपाल-इटली उद्योग वाणिज्य सङ्घको कार्यक्रममा बिहीबार मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

उहाँले देशमा सुशासन कायम गर्न नसके, पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके र व्यापारघाटा कम गर्न नसके समृद्धिको जतिसुकै नारा लगाए पनि देशको अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गर्नुभयो ।

अर्थतन्त्रको गतिलाई अघि बढाउन र समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको उहाँको भनाइ छ । नेपालको धेरै ठूलो व्यापारघाटा रहेको उल्लेख गर्दै व्यापारघाटा घटाउन उत्पादनको वृद्धि, आयात प्रतिस्थापनद्वारा आयात नियन्त्रण र निर्यात प्रवर्धन गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले ऋणको ब्याजदर अहिले धेरै नै बढेको भए पनि व्यापारमा ठोस निर्णय गरेर कार्यान्वयन गर्ने बिन्दुमा सरकार नरहेको बताउनुभयो । नेपाल र इटलीबीचको कूटनीतिक सम्बन्धलाई नागरिकस्तरमा विकास गर्दै दुई मुलुकबीच एक अर्काका उत्पादन आदानप्रदान गर्ने र नेपालमा इटालीका पर्यटक भित्र्याउने काम गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपालले इटलीमा वार्षिक १ अर्ब १४ करोडको सामान निर्यात गर्नेगरेको र इटलीसँग नेपालको व्यापारघाटा २ अर्ब ९६ करोड रुपियाँ रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter