नेपालमा पर्यटनको अथाह सम्भावना : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं, चैत १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पर्यटनको अथाह सम्भावना रहेकोले यस क्षेत्रको विकास र विस्तारमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्वर्ण जयन्ती समारोहमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्दै पर्यटनको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्तिहरु देशका सबै क्षेत्रहरुमा विकास गर्न जरुरी भइसकेको त्रताउनुभयो ।

उहाँले त्यसका लागि नेपाल सरकारको तर्फबाटसंस्थालाई आवश्यक सम्पूर्ण सहयोग एवं समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानको लामो र सफल यात्राको पछाडि यस संस्थाको गुणस्तरीय सेवा र त्यस संस्थामा कार्यरत कर्मचारीहरुको लगनशीलताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले गौरवमय ५० वर्ष पूरा गरिसक्दा पनि यो संस्था अझै पनि गठन आदेशकै भरमा चलिरहेको जानकारी पाएकोले आफ्नो कार्यकालभित्रै यस संस्थालाई आवश्यक पर्ने ऐन संसदबाट अनुमोदन गराउने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री प्रचण्डले यसको आवश्यक प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन समेत दिनुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिष्ठानबाट तालिम र शैक्षिक कार्यक्रम गरी हालसम्म ६० हजा भन्दा बढी उत्पादन भई पर्यटन तथा अतिथि सत्कार क्षेत्रमा महत्वपूर्ण योगदान गरेकोमा खुशी पनि ब्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter