• Wednesday, April 23, 2025

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

धर्बेन्द्र झा / धनुषा, चैत १५ गते । नेपालबाट सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने सरकारले लिएको लक्ष्यप्राप्तीका लागि तीन वटै तहका सरकारले समन्वय र सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । मधेश प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय र लाइफ नेपालले संयुक्त रूपमा आज बुधबार जनकपुरधाममा आयोजना गरेको बालविवाह अन्त्यका लागि आयोजित कार्यक्रममा सहभागीले सो सुझाव दिएका हुन् ।

बालविवाह अन्त्यका लागि नीति कानुन निर्माण भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि तिनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको उहाँहरूको सुझाव छ । नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष नथुप्रसाद चौधरीले बालविवाहको मामिलामा नेपाल एसियामै तेस्रो स्थानमा रहेको बताउनुभयो । यसको अन्त्यका लागि चेतना वृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो ।

सात वटै प्रदेशमध्ये मधेश प्रदेश र कर्णाली प्रदेशमा बालविवाहको घटना बढी हुनेगरेको भन्दै त्यसलाई कम गर्न विगतमै मधेश प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाउ, छोरी बीमा, आठ कक्षामा पढ्ने छात्रालाई साइकल वितरण, दलित छात्रालाई छात्रवृत्ति’ लगायतका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

सरकारहरूले सञ्चालन गरेको कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने भन्दै विद्यालय भर्ना अभियानकै समयदेखि बालबालिकालाई सोबारे जानकारी गराउनुपर्ने उहाँको भनाइ छ ।

सङ्घीय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्ण थापाले बालविवाह न्यूनीकरणका लागि कानुनी जटिलताले समेत समस्या पार्ने गरेको बताउनुभयो । बालबालिका सम्बन्धी बनेको ऐनमा १८ र देवानीसंहितामा २० वर्ष उमेर तोकेकाले त्यसको संशोधनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको बताउनुभयो ।

मधेश प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव देवकुमारी खत्रीले सङ्घ सरकारले लिएको लक्ष्य पूरा गर्ने किसिमले प्रदेशस्तरमा कामकाज अघि बढेको बताउनुभयो । बालविवाह अन्त्यका लागि मधेश प्रदेशमा सुरुङ्गा नगरपालिकाबाट सुरुवात भएको र अन्य पालिका पनि घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो ।

लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले मधेश प्रदेशमा बालविवाह अन्य गर्नका लागि बालिकालाई जागरूक गराउन आगामी वैशाख ५ गते जनकपुरधाममा प्रदेश स्तरीय बालिका सम्मेलनको आयोजन गर्न लागिएको बताउनुभयो । सहभागीले मधेश प्रदेशमा विभिन्नखालका सामाजिक विकृतिका कारण बालविवाहको घटना बढेको भन्दै त्यस्ता विकृतिविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter