• Friday, May 02, 2025

महिला हिंसाबाट कर्णालीवासी अझै पीडित

नेत्र शाही / जुम्ला, वैशाख २० गते । राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेलले महिला हिंसा वा सामाजिक कुरीतिबाट कर्णालीवासी अहिले पनि ग्रसित रहेको बताउनुभएको छ । आयोगले जुम्लामा छाउपडी प्रथा, वोक्सि प्रथा, बालविवाहजस्ता कुरीति कायम रहेकाले जनचेतना जगाउनुपर्ने बताउनुभयो ।

अहिले पनि महिला छाउपडी मान्ने प्रचलन रहेको सुन्दा राम्रो नहुने भन्दै सामाजिक जागरणका कामहरू अगाडि बढाउन स्थानीय सरकारलाई उहाँले अनुरोध गर्नुभयो । छाउपडी मात्रै नभई बालविवाहको विषयमा अभिभावक, राज्य र सरोकारवाला निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

आयोगले महिलाविरुद्ध हुने जुनसुकै हिंसा, विभेदको विषयमा सुनुवाइ गर्ने उहाँले बताउनुभयो । हिजो नालापानीको युद्धदेखि आजसम्म हरेक परिवर्तनमा नेपाली महिला अग्रपङ्क्ति रहेर योगदान दिइरहेको चर्चा गर्दे उहाँले महिलामाथि अन्याय हुनु गलत भएको बताउनुभयो ।

महिला अधिकार प्रयोग गर्न नदिएको वा वञ्चित गरेको विषयमा कुनै व्यक्ति वा संस्थाविरुद्ध मुद्दा दायर गर्नुपर्ने आवश्यकता देखिएमा कानुन बमोजिम अदालतमा मुद्दा दायर गर्न सम्बन्धित निकायसमक्ष सिफारिस गर्न उहाँले आग्रह गर्नुभयो ।

‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ सन्देशसाथ आयोगले मंगलबार जुम्लाका सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ । कर्णालीमा अहिले पनि महिनावारी भएको समयमा गोठमा बस्ने र छुई मान्ने प्रचलन रहेकोभन्दै उहाँले आपत्ति जनाउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter