राहदानी बनाउन दुई सत्रमा सेवा विस्तार

नारद कोहार / तौलिहवा, वैशाख २९ गते । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विद्युतीय राहदानीका लागि विहान ७ बजेबाटै सेवा दिन सुरु गरेको छ । राहदानी लिनका लागि सेवाग्राहीको चाप बढेपछि प्रशासन कार्यालय कपिलवस्तुले विहान ७ बजेबाटै सेवा दिन सुरु गरेको हो ।

कार्यालयले हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको हो । प्रशासन कार्यालयले वैशाख २९ गतेबाट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले पहिलो सिफ्ट बिहान ७ बजेदेखि ११ बजेसम्म र अर्को सिफ्टले ११ बजेदेखि ६ बजेसम्म सेवा दिने बताउनुभयो । उहाँले भन्नुभयो, “सेवाग्राहीको चाप व्यवस्थापन गरी एक दिनमै राहदानीको आवेदन दिन मिल्ने गरी कार्यालय समय १०–५ को सीमालाई परिवर्तन गरी सेवा प्रवाहको समय विस्तार गरिएको छ ।” प्रशासन कार्यालयले राहदानीको प्रत्यक्ष अनलाइन आवेदन फर्म भरिदिने व्यवस्था समेत कार्यालय भित्र मिलाएको प्रजिअ आचार्यले बताउनुभयो ।

सेवाग्राहीको सुविधाको लागि राष्ट्रिय वाणिज्य बैंकको विस्तारित सेवा संचालनको तयारी भएको प्रजिअ आचार्यले बताउनुभयो । उहाँले यसबाट राजश्व बुझाउन सेवाग्राहीले भोग्नुरेको झन्झट समेत कम हुने बताउनुभयो । सेवाग्राहीको चापलाई ध्यानमा राखी कार्यालयले शानिवार बाहेक अन्य सार्वजनिक विदाका दिन उल्लेखित सेवा प्रवाह गरिने विषयमा सार्वजनिक सूचनासमेत जारी गरेको छ ।

सेवाग्राही स्वयमले विगतका दिनमा विचौलियामार्फत उक्त फर्म भरी कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था रेहको थियो । बाहिरबाट राहदानी फाराम भर्दा सेवाग्राहीले दुःख पाएको र दुर्य हजार रुपियाँदेखि छ हजारसम्म असुल्ने गरेको गुनासो आएपछि कार्यालयबाट निःशुल्क रुपमा फर्म भरिदिने व्यवस्था मिलाइएको सहायक प्रजिअ अनिल पौडेलले बताउनुभयो । चाप कम भएपछि पुनः कार्यालय समय मै सेवा दिने उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter