अन्तरबाली व्यवस्थापनबाट राम्रो आम्दानी

अमृतप्रसाद पौडेल / म्याग्दी, बैशाख ३० गते । हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले अन्तरवाली व्यवस्थापन गरेर राम्रो उत्पादन गर्न सक्ने उदाहरणका रुपमा आफ्नो फर्ममा तरकारी खेती सुरु गरेको छ ।

हिमाली क्षेत्रको मुख्य वालीको रुपमा शीतोष्ण फलफूलवाली स्याउ, ओखर, आरु, आरुवखडा, खुर्पानी, कागजीवदाम, नास्पातीको उत्पादन राम्रो हुने गर्दछन् । मुस्ताङ मात्रै नभएर प्राय नेपालका अधिकांश स्थानमा फलफूल खेती हुने स्थानमा अन्यबाली लगाएको पाइदैन ।

मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रमा प्रायः हरेक फलफूलको बगैचाभित्र अन्तरवालीको रुपमा ताजा तरकारीहरु लगाइएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तरवाली भनेको मुख्य वालीलाई नकारात्मक असर नपर्ने गरी मुख्य वालीको बीचमा लगाइने अन्य बालीलाई बुझिन्छ ।”

अहिले बैशाख महिनाको अन्त्यतिर हरिया फलफूलका बोटहरुको बीचमा रहरलाग्दा तरकारीवालीहरु अन्तरवालीको रुपमा फष्टाइरहेको देखिन्छ । शीतोष्ण हावापानीमा हुने मुस्ताङको मार्फामा रहेको वागवानी विकास केन्द्रले आफ्नो जमिनको सकेसम्म कुनै पनि जग्गा वाँझो र खाली नछोड्ने तरिकाले फलफूल बगैचाभित्र अन्तरवाली लगाउनेगरेको आत्रेयको भनाइ छ ।

शीतोष्ण हावापानी भए पनि समयको उचित ब्यवस्थापन गरेर लगाइएकाले केन्द्रमा कुनै साना, कुनै हुर्कदैंगरेका त कुनै टिप्नेबेला भएका सम्मको तरकारीहरु अन्तरवालीको रुपमा देखिन्छन् । शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा फलफूलका वगैचाभित्र कोशेवालीमा सिमी, केराउ, भटमासजस्ता तरकारी लगाइएको छ ।

त्यसैगरी आलु, प्याज, लसुन, वन्दा, काउली, व्रोकाउली, रायो साग, कुरिलो, गोलभेडा, भेन्टाजस्ता तरकारीवालीहरु पनि अन्तरवालीको रुपमा लगाइएको आत्रेयको भनाइ छ । फलफूल कृषकहरुले अन्तरवाली लगाउँदा वालीको छनौट गर्नु महत्वपुर्ण कार्य हुने उहाँले बताउनुभयो ।

अन्तरवाली लगाउँदा मलखाद, सिंचाईको उच्चतम उपयोग हुने भएकाले दुवै वालीको उत्पादन उत्पादकत्व बढाउन सकिने उहाँले बताउनुभयो । बगैचामा प्रयोग भएको मलको धेरै उपभोग गर्ने मकै, कोदो एवम् लहरेवालीहरु एवम् गहिरो जरा भएर जाने अन्य कुनै पनि बालीहरु अन्तरवालीको रुपमा लगाउन नहुने शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter