• Saturday, May 03, 2025

भ्रष्टाचार नियन्त्रणमा राज्यका सबै निकाय जिम्मेवार हुनुपर्छ : महालेखापरीक्षक शर्मा

काठमाडौं, जेठ ३ गते । महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले बुधबार आयोजना गरेको ‘सुशासन प्रवद्र्धनमा नागरिकको भुमिका’ विषयक कार्यक्रममा बोल्दै महालेखापरीक्षक शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु बराबरी जिम्मेवार हुनुपर्ने बताउनुभएको हो ।

उहाँले राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरु पनि भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार हुनुपर्ने बताउनुभयो । त्यसका साथै नागरिक पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाई छ । उहाँले राज्यका निकायहरुकाबीच एकले अर्कोलाई जिम्मेवारी पन्छाउने गर्नाले अनियमितता र भ्रष्टाचार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले जुन हामीले रणनीति अपनाइरहेका छौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले, शतर्कता केन्द्रले, अथवा एउटा कुनै कार्यालयले भ्रष्टाचार नियन्त्रण गर्ने अरु सबै चाहीँ गर्नका लागि स्थापना भएका हुन् ति सबै अफिसहरु । सबै निकायहरु गर्नका लागि स्थापना भएका हुन् त ? सबै निकायहरु उत्तिकै जिम्मेवार हुनुपर्‍योे नि । सबै पदाधिकारी उत्तिकै जिम्मेवार हुनुपर्‍योे । सबै राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरु उत्तिकै जिम्मेवार हुनुपर्‍योे । अझ नागरिक पनि उत्तिकै जिम्मेवार हुनपर्‍यो । सबैले जिम्मेवारी एकअर्कामा पन्छाउने शिलशिलाले गर्दा, यसले हेर्ने हो, उसले हेर्ने हो भन्ने शिलशिलामा धेरै यस्ता अनियमितताहरु, विकृतिहरु, बेथितिहरु, भ्रष्टाचारका कुरा भएका छन् । त्यसमा सुधार हुनुपर्छ ।’’

उहाँले भन्नुभयो, ‘‘नागरिकको भुमिका निगरानीकै कुरा हो । खबरदारीको कुरा हो । तेस्रो कुरा नागरिकहरु आफू संलग्न हुनुभएन । भ्रष्ट गतिविधिहरु, भ्रष्ट अभ्यासहरुमा आफू संलग्न हुनुभएन । अहिले गाउँगाउँसम्म भ्रष्टाचार बिस्तार भएको अवस्था छ । नागरिक आफू सचेत हुनुपर्ने अवस्था रह्यो । खबरदारी गर्नुपर्‍योे । आफ्नो नजिकको स्थानीय तहमा, अथवा सरकारले गरिरहेका काम, कारबाहीको निगरानी गर्नुपर्‍योे । सरकारको कामको चासो राख्नुपर्‍योे ।’’

उहाँले भ्रष्टाचार हुन नदिन नागरिकले राज्यको निकायहरुमा निगरानी र खबरदारी गर्नुपर्ने बताउनु भयो । नागरिकहरु आफैँपनि भ्रष्ट गतिविधि र अभ्यासहरुमा संलग्न हुनु नहुने उहाँको भनाई छ । उहाँले अहिले गाउँगाउँसम्म भ्रष्टाचार बिस्तार भएको उल्लेख गर्दै नागरिकहरुले स्थानीय तहले गरेका काम, कारबाहीहरुमा निगरानी र चासो राख्नुपर्नेमा जोड दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter