• Saturday, May 03, 2025

पूर्ण खोप सुनिश्चितताको जिल्ला बन्दै रौतहट

यादवराज पुरी / रौतहट, जेठ ५ गते । रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने उद्देश्यकासाथ ‘खोज र खोप’ कार्यक्रम तीव्र गतिले अघि बढेको छ । उक्त कार्यक्रमले निरन्तरता पाएपछि आगामी असार मसान्तसम्म रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको हो ।

नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको खोप कार्यक्रम स्थानीय सरकारले सञ्चालन गर्दै आएको छ । १८ वटा स्थानीय तह रहेको रौतहटमा बौधिमाई, देवाहीगोनाही, परोहा, गरुडा, चन्द्रपुर, माधवनारायण, फतुवावीजयपुर र गौरसहित आठ वटा नगरपालिकामा पूर्णखोप सुनिश्चितता भइसकेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरेशप्रसाद यादवले जानकारी दिनुभयो । उहाँकाअनुसार सुनिश्चितता भएको ती पालिकामा पूर्णखोप दिगोपन कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।

बाँकी १० वटा पालिकामा खोप कार्यक्रम तीव्रताकासाथ अघि बढेको छ । पालिकाका प्रत्येक वडाको तीनदेखि पाँच स्थानमा खोप केन्द्र स्थापना गरी निरन्तररुपमा खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रौतहटका ‘खोप फोकल पर्सन’ अनिलकुमार कर्णले माघ, फागुन र चैत महिनामा खोप बाट वञ्चित वा पूर्ण खोप नलिएका बालबालिकाको खोजी गरी उनीहरूलाई खोप लगाउने गरेको बताउनुभयो । उहाँकाअनुसार खोप लिन छुटेका १६ महिना देखि ५९ महिना उमेर समूहका बालबालिकालाई पनि खोप लगाइँदै छ ।

बच्चा जन्मेदेखि १५ महिनासम्म लगाइने विभिन्न रोग प्रतिरोधात्मक खोपले बालबालिकामा हुने क्षयरोग, भ्यागुते, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, निमोनिया, पोलियो, दादुरा रुबेला, इन्फ्ल्युन्जा, टाइफाइड, झाडापखालालगायत १३ प्रकारका प्राणघातक रोगबाट बचाउने फोकल पर्सन कर्णले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter