• Saturday, May 03, 2025

गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व : सञ्चारमन्त्री शर्मा

काठमाडौं, जेठ ७ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

आसन्न गणतन्त्र दिवसका सन्दर्भमा आयोजित विभिन्न मन्त्रालयका प्रवक्ताहरूको बैठकलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र स्थापनाका गौरवमय पन्ध्र वर्षको समीक्षासहित यसबिचमा भएका प्रगतिका सूचक र तथ्य जनताको बिचमा लैजानुपर्नेमा जोड दिनुभयो ।

सरकार वा अन्य सार्वजनिक जिम्मेवारीमा बस्ने व्यक्तिबाट हुने कमजोरीलाई व्यवस्थाकै कमजोरीजस्तो गरी प्रचार गर्ने गलत प्रवृत्ति विकास हुन थालेकोमा चिन्ता व्यक्त गर्दै उहाँले व्यक्तिका कमजोरीका कारण व्यवस्थामाथि प्रहार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । पात्र वा प्रवृत्तिका कारण प्रणालीमाथि नै आक्रमण गर्ने गलत रवैयाका विरुद्ध गणतान्त्रिक व्यवस्थाले गरेका राम्रा कामको तथ्याङ्कगत छलफल हुनु आवश्यक रहेको पनि मन्त्री शर्माले बताउनुभयो ।

‘जिम्मेवारीमा बसेका व्यक्तिहरूबाट बेलाबेलामा कमजोरी नभएका होइनन्, त्यस्तो कमजोरी गर्नेहरूले ढिलाचाँडो सजाय पाउँछन्’– मन्त्री शर्माले भन्नुभयो– ‘तर, व्यक्तिबाट हुने कमजोरीको दोष व्यवस्थाको होइन बरु गणतन्त्र मात्रै यस्तो व्यवस्था हो, जसले शक्तिमा बसेर कमजोरी गर्नेहरूलाई पनि सजायको भागिदार बनाउँछ ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई घरको संज्ञा दिँदै उहाँले घरमा कस्ता व्यक्ति बसेका छन् भन्नेभन्दा पनि घर कस्तो छ भन्नेतिर ध्यान दिनुपर्ने बताउनुभयो । ‘सुरक्षित र राम्रो घर रहेछ भने अभिभावकले बदमासी गर्दा पनि कुनै न कुनै सन्तानले घर राम्रोसँग चलाउनसक्छन्’– उहाँले थप्नुभयो– ‘आजसम्मकै व्यवस्थामध्ये गणतन्त्ररुपी घर साँच्चिकै राम्रो र सुरक्षित छ, यसको रक्षा गरौँ, कसैले बदमासी गरेछ भने पनि राम्रा सन्तानले घर सम्हाल्ने छन् ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुभन्दा अघि र आजको अवस्थाको तुलनात्मक अध्ययन गरी तथ्यगत विवरण जनताको बिचमा लैजान प्रवक्ताहरूलाई आग्रह गर्दै उहाँले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय समग्र क्षेत्रमा कहाँ सुधार भएको छ र कहाँ अझै सुधार गर्नुपर्छ यसको तुलनात्मक विश्लेषण आवश्यक रहेकोमा जोड दिनुभयो ।

सरकारले गर्ने राम्रा काम समयमै जनताको बिचमा पुग्नुपर्नेमा जोड दिँदै उहाँले सिङ्गो सरकारका गतिविधिलाई एकद्वार प्रणालीबाट जनताको बिचमा लैजाने तयारी पनि थालिएको जानकारी दिनुभयो । त्यसका लागि सबै मन्त्रालयका गतिविधि एकद्वार प्रणालीबाट सूचना विभागले सार्वजनिक गर्ने गरी वेबसाइट र एपको तयारी गरिरहेको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter