• Saturday, May 03, 2025

विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं, जेठ ८ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी महिना जिम्बावेमा हुने आइसिसी एक दिवसीय विश्वकप क्रिकेट छनोटका लागि २२ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले प्रारम्भिक टोलीमा यसअघि रहेका पुराना खेलाडीलाई नै निरन्तरता दिनुभएको छ । क्यानले एक साताको बन्द तयारी र प्रशिक्षण पछि विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली टोलीलाई दक्षिण अफ्रिका लैजाने निर्णय गरेको छ ।

एक साताको तयारी पछि अन्तिम टोलीको घोषणा गरिने पनि क्यानले जनाएको छ । विश्वकप छनोट खेल जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बावेमा हुनेछ । नेपालले विश्वकप छनोट खेलअघि दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्ने तय भएको छ ।

छनोट खेलमा नेपालसहित स्कटल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स (युएई), अमेरिका, श्रीलङ्का, वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्स बीच प्रतिस्पर्धा हुनेछ ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । आइसिसीले समूह विभाजन भने गरिसकेको छैन । समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कूल १० टोलीको सहभागिता रहनेछ । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

नेपाली प्रारम्भिक टोली

रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनाश बोहोरा ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter