• Tuesday, May 20, 2025

चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाउने तयारी

झापा, असार १६ गते । मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर)लाई हटाउने भएको छ ।

स्टिकरका कारण मौरीलगायतका मित्रुजीव टासिइ नष्ट हुने भएका कारण नीति नै बनाएर निरुत्साहित गर्ने भएको हो । पालिकाले हालै सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रममै सो कुरा उल्लेख गरिएको छ ।

नगर क्षेत्रभित्र टोकला, सतिघट्टालगायतका ठुला र साना गरी करिब एक हजार बिघा जमिनमा आधा दर्जन बढी चिया बगान छन् । चियालाई कीराबाट जोगाउन बगानभित्रका रुखमा पहेँलो स्टिकर टाँस्ने चलन छ । जसका कारण मित्रुजीव नै नष्ट हुने थालेपछि पालिकाले बाध्य भएर स्टिकर नै हटाउने नीति नै अवलम्बन गर्ने भएको हो ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले पहेँलो स्टिकरले अन्य जीवमा पर्ने असरको बारेमा अध्ययन नै नगरी बगान मालिकले जथाभाबी प्रयोग गरेको बताउनुभयो । “पछिल्लो समय नगरमा तोरी खेती र मौरीपालनमा किसानको आकर्षण बढेको छ”, उहाँले भन्नुभयो, “तर बगान क्षेत्रमा चर्न आउने मौरीजस्ता मित्रुजीव त्यही स्टिकरमा टाँसिएर मर्छ ।”

उहाँले नगर क्षेत्रभित्रका चिया किसानसँग तत्काल छलफल गरेर स्टिकर हटाउने तयारी भइरहेको जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter