उद्यमीलाई उद्यम गर्न महानगरले बिउ पुँजी दिने

ललितपुर, साउन ८ गते । ललितपुर महानगरले सोमबार महिला उद्यमी सम्मेलन आयोजना गरेको छ । महानगरले आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलनको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो । महिला उद्यमीलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

कार्यक्रमकी अध्यक्ष तथा ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला उद्यमीको उत्पादन बजारीकरण गर्न र क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यो सम्मेलन सम्मेलन मात्रै नभएर उद्यमीहरूको अनुभव। ज्ञान सीप आदान प्रदान गर्ने थलो समेत भएको प्रस्ट पार्नुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेल अर्यालले महानगरले व्यक्तिलाई सीपसँग, सीपलाई प्रविधि र बजारसँग जोड्ने काम गरेको बताउनुभयो । तालिम लिएपछि उद्यम गर्न चाहनेका लागि बिउ पुँजी समेत व्यवस्था गरेको बताउनुभयो ।

नेपालका लागि ईयूका राजदूत नोना देपरेज, नेपालका लागि अस्ट्रेलियन राजदूत पेलिसिटी भल्क, युएनडपीका आवासीय प्रतिनिधि आसियानी मेदागानगोडा लाबे विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो ।

उहाँहरूले महिला उद्यमीको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सहकार्य र समन्वय गर्ने बताउनुभयो । कार्यक्रममा सफल उद्यमीको सङ्घर्ष तथा सफलताको कथा भिडियो सामग्री प्रदर्शनी गरिएको थियो । ‘महानगरका महिला उद्यमीहरूको अवस्था र महिला उद्यमशीलता सहजीकरण केन्द्रको कार्यक्रम तथा प्रगतिमाथि प्रस्तुतीकरण गरिएको थियो ।

सम्मेलनमा पूर्व सचिव यामकुमारी खतिवडाले ‘उद्यम व्यवसाय सञ्चालन र व्यवस्थापनमा उद्यमीको भूमिका र सरोकार निकायको दायित्व’ विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष भवानी राणा तथा डाँफे वर्ककी कृतिष्मा कार्कीले सफल महिला उद्यमीहरूको उत्प्रेरणात्मक प्रस्तुतीकरण दिनुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा महिला उद्यमीहरूको व्यवहारिक समस्या र सरोकारवाला निकायको भूमिका विषयमा प्यानल छलफल गरिएको थियो । प्यानल छलफलमा ललितपुर महानगरका उपप्रमुख, राष्ट्र बैङ्कका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका प्रतिनिधि, कर कार्यालय ललितपुरका प्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो । सम्मेलनका क्रममा सफल उद्यमीलाई सम्मान पनि गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter