• Tuesday, May 20, 2025

सरकारको भ्रष्टाचारविरोधी अभियानमा कांग्रेसको समर्थन

काठमाडौं, साउन १० गते । नेपाली कांग्रेसको साउन २ गतेदेखि सुरु भएको केन्द्रीय कार्य समिति बैठक बुधबार सम्पन्न भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुहुँदै बैठकमा निकै महत्वपूर्ण सुझाव संकलन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “धेरै महत्वपूर्ण विषय राख्नुभयो त्यसको लागि धन्यवाद दिन चाहन्छु । अत्यन्तै, राजनीतिक कांग्रेस कोहीभन्दा कम छैन भन्ने कुरा आयो हार्दिक धन्यवाद दिन चाहन्छु । पार्टीले सबैलाई हामीले सम्मान गर्नुपर्छ । हाम्रो कर्तव्य पनि हो ।”

उहाँले बैठकमा उठेका विषयमा पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा छलफल गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “महासमिति ठूलो हुन्छ भन्ने पनि छ । त्यसपछि छलफल गरेर के गर्नुपर्छ हामी पदाधिकारी, पूर्व पदाधिकारी बसेर फेरि छलफल गरौंला । सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । पार्टीको बैठक यही सम्पन्न भएको छ ।”

यस्तै, कांग्रेसले सरकारको भ्रष्टाचारविरोधी अभियानलाई समर्थन गरेको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशिष्ट परिस्थितिमा बनेको विशिष्ट गठबन्धनको अवस्थामा गठबन्धन दलले भरोसा गर्ने अवस्था भएको भन्नु हुँदै सो कुरा बताउनुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धनमा आबद्ध सबै दलबाट संघीय सरकार निर्माणका बेला आएका परिणाम हाम्रा अगाडि अनायसै टरेर गए । गठबन्धनको अन्य दलमा अन्याेल सिर्जना भयो र प्रतिकूल अवस्थमा गठबन्धनमा आबद्ध दलले भरोसा गरे । विशिष्ट परिस्थितिमा बनेको विशिष्ट निर्वाचित स्थानीय सरकार, जनताको अधिकतम हितमा कार्य गर्नेछौं ।”

उहाँले आर्थिक अनियमितताबाट अलग रहन केन्द्रीय कार्य समितिमा आव्हान गर्नुभयो । उहाँले भन्नुभयो, “आर्थिक अनियमितताबाट अलग रहन केन्द्रीय कार्य समिति आव्हान गरेबमोजिम सुशासन र भ्रष्टाचार सँगसँगै जान, सुशासन बेथिति निर्मूल नगरी यी विषयलाई आत्मसात् गरेर जानुपर्छ” उहाँले यसअघि कांग्रेसले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पहल गरेको बताउनुभयो ।”

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter