• Friday, May 02, 2025

तिलौराकोट आउने पर्यटक पुग्दैनन् सङ्ग्रहालय

नारद कोहार / तौलिहवा, साउन ३० गते । बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटमा वार्षिक एक लाखको हराहरीमा आए तर त्यही नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा न्यून मात्रामा गएको देखिएको छ । गत आर्थिक वर्ष तिलौराकोटमा स्वदेशी विदेशी गरी १ लाख ४ हजार १४६ जना पर्यटकहरू भ्रमण गरेको तथ्याङ्क छ । तर त्यसको २० प्रतिशत पनि नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा गएको देखिन् ।

कपिलवस्तु सङ्ग्रहालयका प्रमुख शान्ति शर्माका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा स्वदेशी, भारतीय र विदेशी गरी १० हजार ४७८ जनाले मात्र अवलोकन गरेको बताउनुभयो । उहाँका अनुसार ०७४/७५मा ४ हजार ४२४, ०७५/०७६ मा ६ हजार ८९३, ०७६।०७७ मा ६ हजार ९२७, ०७७/०७८ मा २ हजार ९३० र ०७८/०७९ मा ४ हजार ६२५ जना स्वदेशी तथा विदेशी पर्यटकहरूले सङ्ग्रहालयमा अवलोकन गर्नु भएको बताउनुभयो ।

प्राचीन कपिलवस्तु स्थित बुद्धको क्रीडा स्थलका रूपमा मानिएको तिलौराकोटमा बर्सेनि हजारौँको सङ्ख्यामा पर्यटकले भ्रमण गर्ने गर्छन् । तर छेउमै रहेको कपिलवस्तु सङ्ग्रहालयमा भने सङ्ख्यामा मात्र जाने गरेका छन् । नेपाली ४ हजार ५७५, विद्यार्थी ४ हजार ४९४, सार्क देशका १ हजार, विदेशी ४ सय ९ जनाले अवलोकन गरेको कपिलवस्तु सङ्ग्रहालयको तथ्याङ्क छ ।

पथप्रदर्शक राजकुमार यादवका अनुसार भारतीय पर्यटकहरू आफ्नै पथप्रदर्शक ल्याउने र तिलौराकोट घुमाएर मात्र लैजाने कारणले न्यून मात्रमा सङ्ग्रहालयमा जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘तिलौराकोटमा सङ्ग्रहालयको प्रचार प्रसारका लागि सूचना बोर्ड नराख्नुले धेरैलाई सङ्ग्रहालयबारे थाहै नभएर फर्केर जाने गरेको बताउनुभयो ।’

तिलौराकोटमा आएका पर्यटक मध्ये न्यून मात्र सङ्ग्रहालयमा आउने गरेको सङ्ग्रहालयमा प्रमुख शर्मा बताउनुभयो । अधिकांश विदेशी पर्यटकहरू भारत हुँदै रुपन्देहीको बेलहिया नाकाबाट लुम्बिनी हुँदै सिधा तिलौराकोट आउने गरेकोले त्यसको प्रत्यक्ष असर सङ्ग्रहालयलाई परेको उहाँको भनाई छ । ‘भारतीय गाडी र पथप्रर्दशहरुले लुम्बिनी र तिलौराकोट देखाएर पर्यटकहरूलाई फर्काउने गरेका छन्’ सङ्ग्रहालय ओझेलमा पर्नुको मुख्य कारण खुलाउँदै उहाँले भन्नुभयो ‘ती पर्यटकहरूलाई लुम्बिनीबाटै नेपाली नम्बर प्लेटको गाडी र नेपाली पथ प्रदर्शकले घुमाउन पाएको भए सङ्ग्रहालयमा धेरै पर्यटक आउने थिए ।’

तिलौराकोटमा भएको उत्खनन र सञ्चार माध्यमले त्यस बारे निकालेको समाचारले संग्रहालययमा विगतको तुलनामा पर्यटकको सङ्ख्या केही भए पनि बढेको प्रमुख शर्माको भनाई छ । विगत एक सय २५ वर्ष देखि विभिन्न पुरातत्वविद्हरुले प्राचीन नगरको अन्वेषण तथा उत्खननको क्रममा प्राप्त गरेका धेरै वस्तुहरू कपिलवस्तु सङ्ग्रहालयमा सङ्कलन गरी राखिएको छ । ७ बिघा क्षेत्रफल रहेको सङ्ग्रहालयमा ईसा पूर्व आठौँ, छैँठो शताब्दीको मौर्यकालीन तेस्रो शताब्दीको सुगाकालीन कृषाणकालीन सयमका माटा भाडा, चाँदीका सिक्का लगायतका विभिन्न महत्त्वपूर्ण सामाग्रीहरू प्रदर्शनमा राखिएको सङ्ग्रहालय प्रमुख शान्ति शर्माले बताउनुभयो । सङ्ग्रहालयले तिलौराकोट कपिलवस्तुको साथै बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका महत्त्वपूर्ण पुरातात्त्विक स्थलहरूलाई समेत चित्रण गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter