• Friday, May 02, 2025

एन्टीमाइक्रोबियल औषधिको सेवन स्वास्थ्यकर्मीको निगरानीमा मात्र गर्न मन्त्रालयको आग्रह

काठमाडौं, साउन ३१ गते। सरकारले स्वास्थ्यकर्मीको निगरानीमा मात्र एन्टीमाइक्रोबियल औषधिको सेवन गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले यस्तो आग्रह गर्नुभएको हो।

पछिल्लो समय एन्टीमाइक्रोबिलयल औषधिको अत्यधिक प्रयोग तथा दुरुपयोगको कारणले गर्दा विश्वभरि नै एन्टीमाइक्रोबियल रेजिस्टेन्स बढ्दै गएकोले अधिकारीले यस्तो आग्रह सहप्रवक्ता अधिकारीले गर्नुभएको हो।

स्वास्थ्यकर्मीले सिफारिस गरेको अवस्थामा मात्र एन्टीमाइक्रोबियल औषधिको सेवन गर्न उहाँको सुझाव छ। अरूले प्रयोग गरेको औषधि ठिक हुन्छ भनेर स्वास्थ्यकर्मीको निगरानी बिना प्रयोग गर्न नदिन चिकित्सकको सुझाव छ।

उहाँका अनुसार उपचारको क्रममा बाँकी रहेको औषधि आफूले पनि प्रयोग नगर्ने र अरूलाई पनि प्रयोग गर्न नदिने। औषधि सेवन गरेको केही दिनमा आफूलाई राम्रो भएको महसुस भएता पनि स्वास्थ्यकर्मीले लेखिदिए बमोजिम पूरा समय औषधि सेवन गर्न चिकित्सकको सुझाव छ।

चिकित्सकका अनुसार जब सङ्क्रमण गराउने ब्याक्टेरिया, संगी (ढुसी) तथा परजीवीहरू औषधिप्रति प्रतिक्रिया देखाउन बन्द गर्ने र एक्टीमाइक्रिबियल रेजिस्टेन्सको विकास हुन्छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter