ज्येष्ठनागरिकलाई घरमै स्वास्थ्य सेवा

रेखीराम राना / पाल्पा, भदौ १ गते । ज्येष्ठनागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर स्वास्थ्य उपचार सुरु गरिएको छ । जिल्लाको माथागढी गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र ज्येष्ठनागरिकको घरमै पुगेर आवश्यक स्वास्थ्य सेवा सुरु गरेको हो ।

स्वास्थ्य संस्थासम्म पुगेर प्राथमिक सेवा लिन नसक्ने पालिकाभित्रका नागरिकको घरमै पुगेर उपचार गर्ने कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो ।

जुन क्षेत्रका नागरिकलाई नियमित उपचार र परामर्श आवश्यक छ, उनीहरू आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित नहोउन् भनेर यस्तो कार्यक्रम सुरु गरिएको अध्यक्ष चिदीले बताउनुभयो ।

यसबाट पालिकाभित्रका तीनसय बढी अपाङ्गता भएका व्यक्ति र एक हजार बढी ज्येष्ठनागरिक लाभान्वित हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताउनुभयो । पालिकाले ज्येष्ठनागरिक र अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य जाँचसँगै आवश्यक परामर्श, मधुमेह, उच्च रक्तचापलगायतका समस्या देखिएमा आवश्यक औषधि वितरण गरेको छ ।

घरमै पुगेर स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँचपछि आवश्यक परे अशक्तका लागि निःशुल्क उपचारका व्यवस्था समेत गरिएको पालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले जानकारी दिनुभयो । यस्तो कार्यक्रमले उपेक्षित र आर्थिक रुपले विपन्न नागरिकलाई ठूलो राहत दिने लुङ्चेको विश्वास छ ।

स्थानीय सरकारको तर्फबाट नागरिकलाई दिन सकिने आधारभूत स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यकर्मीलाई परिचालन गरिएको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter