वर्षमा २७ सय घरमा खानेपानी धारा जडान

अर्जुन काफ्ले / स्याङ्जा, भदौ १८ गते । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०७९–८० मा दुई हजार ६७० वटा धारा निर्माण गरेको छ । एक घर एक धारा बनाउने सरकारको नीतिअनुसार यहाँ १३ हजार २७७ जना नागरिकलाई खानेपानीको सुविधा पुगेको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सङ्घीय सशर्त अन्तर्गत पाँच र प्रदेश कार्यालयले २४ वटा गरी २९ योजनामार्फत दुई हजार ६०१ घर तथा विद्यालय, मन्दिर, पौवामा ६९ वटा धारा निर्माण गरेको छ ।

खानेपानी कार्यालयका प्रमुख हरि तिमिल्सिनाले ११ वटा लिफ्टिङ र १८ वटा ग्राभिटी योजनामार्फत घर–घरमा खानेपानी धारा लगेको बताउनुभयो । एक घर एक धाराका लागि आठ करोड ६० लाख ३९ हजार सङ्घीय सशर्त, ७२ लाख ७७ हजार विशेष अनुदान र २३ करोड ६६ लाख ३१ हजार प्रादेशिक खानेपानी गरी कुल ३२ करोड ९९ लाख ४७ हजार रुपियाँ बराबरको आर्थिक प्रगति गरेको तिमिल्सिना बताउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा विनियोजित बजेटमा ९८.५ प्रतिशत प्रगति हो । प्रदेश सरकारको एक घर एक धारा नीति पश्चात् वर्षोँदेखि खानेपानीको समस्या भोग्दै आएका नागरिकलाई सहज भएको हो ।

खानेपानी कार्यालयमा हाल १३१ योजना निर्माणाधीन रहेका छन् । २०८०–८१ मा थप १५० नयाँ योजना थप भएका छन् । यहाँ सङ्घीय खानेपानी पोखरा र पालिकाबाट समेत एक हजारभन्दा धारा लगिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter