फलफूलका विरुवा हुर्काउँदै सामुदायिक वन

जानु पाण्डे / कपिलवस्तु, भदौ २० गते । कपिलवस्तुको बाणगंगा नगरपालिका –९ मा रहेको खोजीपुर सामुदायिक वनले फलफूल खेतीलाई प्राथमिकता दिएको छ । सामुदायिक वनले विपन्न समुदायको आर्थिक विकासमा टेवा पुगाउन पहिलो पटक फलफूलका बोट बिरुवा लगाइएको उपभोक्ता समितिका अध्यक्ष दिपककुमार थापाले बताउनुभयो ।

२०६६ सालमा समुदायमा हस्तान्तरण गरिएको वनको जिनुवा बस्ती नजिकको क्षेत्रमा फलफुलका विरुवा लगाइएको छ । खाली चौर र अतिक्रमण खालीगरी वृक्षारोपण गरिएको छ । यसै वर्ष १० हेक्टर खाली क्षेत्रमा फलफूलको बिरुवा लगाएको सामुदायिक वनले जनाएको छ ।

आँप, लिची, अमला, कटहरलगायत जातका फलफुलका बिरुवा लगाइएको छ । यसैगरी कोइली नदीले कटान गर्दैआएको तट जोगाउन करिव ५ हेक्टर क्षेत्रफलमा बाँसको बिरुवा लगाइएको छ । वृक्षारोपण गरिएको बिरुवा जोगाउन तारबार गरिएको छ ।

वनको आम्दानीले सार्वजनिक शौचालय, सिंचाइँ सुविधाका लागि १२६ मिटर नहर निर्माण भएको छ । वनले सभाहल निर्माणको चरणमा रहेको छ । वनमा गत वर्ष उत्पादन भएका १९ हजार घनफिट काठ लिलाम बढाबढगरी बिक्री गर्ने तयारी रहेको छ । सो वन २७६.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter