निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक हो : अर्थमन्त्री

काठमाडौं, भदौ २६ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको दाबी गर्नुभएको छ । मङ्गलवार काठमाडौंमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो ।

उहाँले हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशिलताको पूर्ण उपभोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव रहेको भन्दै त्यो पनि निजी क्षेत्रले गर्नसक्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक न्याय बाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको अहम् भूमिका हुने उल्लेख गर्नुभयो ।

अर्थमन्त्री महतले राज्यको निर्णायक भूमिका सरकारसँग भएका साधन स्रोत प्रयोग गरी ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्नुभएको बताउनुभयो । उहाँले सरकारले निजी क्षेत्रलाई उच्च महत्त्व दिइरहेको दाबी गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा समस्या भए पनि अर्थतन्त्रको समस्या धेरै समय नरहने उल्लेख गर्नुभयो ।

‘‘निजी क्षेत्र नै आर्थिक रुपान्तरणको वाहक, इन्जिन हो भन्ने कुरामा विश्वास राख्छ । हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमसिलताको पूर्ण उपभोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव छ । सरकारको जिम्मेवारी सहजकर्ताको भूमिका नियमनकारी, प्रतिस्पर्धी बनाउने, कानुनी राज्य लागू गर्ने र सामाजिक आर्थिक पूर्वाधार निर्माण गर्ने भूमिकामा सामान्यतया निजी क्षेत्र आउन हिच्किचाउँछ । सडक यातायातका कुरामा र न्यूनतम दरमा शिक्षा र स्वास्थ प्रदान गर्ने विषय बाहेक अन्य सबै क्षेत्रमा निजी क्षेत्रको भूमिका प्रमुख हो ।,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘राज्यको निर्णायक भूमिका भनेको राज्यको साधन स्रोत ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्नु राज्यको दायित्व हो । सरकारले निजी क्षेत्रको महत्त्वलाई उच्च महत्त्व दिएका छौं ।’’

अर्थमन्त्री महतले मुलुकको आर्थिक गतिविधिहरु विस्तारै सुधार हुँदै गएको बताउनुभयो । उहाँले आर्थिक गतिविधिहरु अगाडि बढ्ने सङ्केतहरु देखापरेको भन्दै पछिल्लो समय मुलुकको वाह्य मुद्राको सञ्चिति सुधार, पर्यटन वृद्धि भएको धारणा राख्नुभयो । उहाँले घर जग्गा, शेयर बजार र अटो बजारमा केही समस्या रहेको भन्दै अब विस्तारै समस्या समाधान हुने विश्वास रहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्र सहजबाटोमा जाने गरी निजी क्षेत्रले पनि बहस थाल्नु आवश्यक रहेको बताउनुभयो ।

लुकको अर्थतन्त्रमा समस्या छ भन्ने विषयमा दुई मत छैन । अर्थतन्त्रको समस्या धेरै समय रहँदैन । समस्याहरु कम हुँदै गएका छन् । मुलुकको आर्थिक गतिविधिहरु विस्तारै अगाडि बढ्छ । आर्थिक गतिविधिहरु अगाडि बढ्ने सङ्केतहरु देखापरेका छन् । मुलुकको वाह्य मुद्राको सञ्चिति सुधारउन्मुख छ । विगतको जस्तो श्रीलङ्काको बाटोमा जाने अवस्था छैन । पर्यटन क्षेत्र अगाडि बढ्छ ।,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘घर जग्गा, शेयर बजार र अटो बजारमा केही समस्याहरु थिए । जग्गा कित्ताकाटको समस्या समाधान भएको छ । जग्गा कारोबार विस्तारै बढ्छ । अटोमोवाइलको गतिविधि पनि बढ्छ । अर्थतन्त्र सहजबाटोमा जाने बहस थाल्नुपर्छ । त्यसले आत्माविश्वास पढ्छ । अर्थतन्त्रमा पैसा नभएको होइन । पैसा चल्न सकेको छैन घुम्न जरुरी छ ।’’

अर्थमन्त्री महतले पहिले सवारी साधनलाई विलासीताका साधन मान्नेर ट्याक्स लगाउने गरिएको भएपनि अब त्यस्तो सोच्न राख्न आवश्यक नरहेको बताउनुभयो । उहाँले पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दो क्रममा रहेकाले सरकारले यसको प्रयोगमा सहज नीति अंगिकार गरिरहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले सवारी उत्पादन तथा एसेम्बलिङ उद्योगका लागि सरकारले सहुलियत तथा प्रोत्साहन गरिरहेकोमा व्यवसायीहरुले यो अवसर सदुपयोग गरेर आर्थिक उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्र नियमनकारी निकायहरुको नीतिको कारण समस्या भएको भन्दै नियमनकारी निकायले शेयर बजार, चालु पुँजीकर्जामा विभिन्न सीमाहरु तोक्न आवश्यक नरहेको जिकिर गर्नुभयो । उहाँले नियमनकारी निकायहरुले हरेक सानो–सानो विषयमा निर्देशन गर्न आश्यकता नरहेको भन्दै त्यस्ता निकायहरुले गाईड लाइन मात्रै दिएर निजी क्षेत्रले उठाएका मागहरु सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘निजी क्षेत्र नियमनकारी निकायहरुको नीतिको कारण समस्यामा छौं भन्नुभएको छ । त्यसमा केही जाहेज आधारहरु पनि मैले देखेको छु । शेयर बजार, चालु पुँजीकर्जामा विभिन्न सीमाहरु तोकेको विषय होस् । सरकार र नियमाक निकायहरुले हरेक सानो–सानो इसुमा निर्देशन गर्ने आश्यकता छैन । नियमनकारी निकायले गाईट लाइन दिने हो । निजी क्षेत्रले उठाएका मागहरु सम्बन्धित क्षेत्रले सम्बोधन गर्नुपर्छ । अटोमोवाइलहरुमा कर कम गर्नु पर्ने कुरा आएको छ । यो विद्युतीय सवारी साधनमार्फत हुन्छ । विद्युतीय सवारी साधनलाई सहज बनाउनका लागि चार्जिङ स्टेशनहरु वृद्धि सरकारले गरिहेको छ । सार्वजनिक र ढुवानीका सवारी साधनहरुलाई पनि विद्युतीय सवारीको रुपमा लैजानुपर्छ । अटो मोबाइल क्षेत्रमा देखिएका समस्याहरु सामधान गर्न सरकार लाग्छ । अटोमोवाइल डिलर एशोसिएशनलाई उत्पादन एशोसिएशन बनाउन आवश्यक छ ।’’

अर्थमन्त्री महतले विद्युतीय सवारी साधनमार्फत अटोमोबाइल क्षेत्रको कर कम गर्न सकिने बताउनुभयो । उहाँले विद्युतीय सवारी साधनलाई सहज बनाउनका लागि सरकारले चार्जिङ स्टेशनहरु वृद्धि गरिहेको जानकारी दिनुभयो । उहाँले अब सार्वजनिक र ढुवानीका सवारी साधनहरुलाई पनि विद्युतीय सवारीको रुपमा लैजान आवश्यक रहेको बताउनुभयो । अर्थमन्त्री महतले अटो मोवाइल क्षेत्रमा देखिएका समस्याहरु सामधान गर्न सरकार तयार रहेको भनाइ व्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter