मंसिरका लागि १३ वाणिज्य बैंकले घटाए ब्याज, सबैभन्दा बढी घटाउनेमा एनआईसी एशिया र एनएमबि

काठमाडौं, कात्तिक ३० गते । अधिकांश वाणिज्य बैंकले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाउँदा एउटा बैंकले बढाएको छ भने ६ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् ।

मंसिरमा माछापुच्छ्रे बैंकले मात्रै ब्याजदर बढाएको छ । माछापुच्छे बैंकले मंसिरमा बचतमा ५.६० देखि ८.६० प्रतिशत ब्याज दिने भएको छ ।

मुद्दति निक्षेपमा व्यक्तिगततर्फ १०.६ प्रतिशत बनाएको छ भने संस्थागततर्फ ८.६ प्रतिशत बनाएको छ । कात्तिकमा माछापुच्छ्रेले व्यक्तिगत निक्षेपतर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेको थियो ।

मंसिरमा ब्याजदर घटबढ नगर्नेमा नेपाल बैंक, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंक छन् । यी बैंकले भने कात्तिकको ब्याजदरलाई निरन्तरता दिएका छन् ।

नेपाल बैंकले मंसिरमा व्यक्तिगत निक्षेपमा ९.२२ र संस्थागततर्फ ७.२२ प्रतिशत, सिटिजन्स बैंकले व्यक्तिगततर्फ ९.९५ र संस्थागततर्फ ७.९५ प्रतिशत, सिद्धार्थले व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगततर्फ १० र संस्थागततर्फ ८ प्रतिशत, कुमारीले व्यक्तिगततर्फ १०.०१ र संस्थागततर्फ ८.०१ प्रतिशत र प्राइम बैंकले व्यक्तिगततर्फ १०.२५ र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याज दिने भएका छन् । कात्तिकमा पनि बैंकले यही ब्याज दिएको थियो ।

ब्याजदर सबैभन्दा बढी एनआईएसी एशिया बैंकले घटाएको छ । कात्तिकमा बैंकले व्यक्तिगततर्फ ११.००३ र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याज दिएको थियो । मंसिरका लागि व्यक्तिगततर्फ ८.९६ र संस्थागततर्फ ६.९६ प्रतिशत बनाएको छ ।

यस्तै, एनएमबि बैंकले मंसिरमा व्यक्तिगततर्फ ९.७६ र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर तोकेको छ । कात्तिकमा क्रमशः ११.००३ र ९.००३ प्रतिशत थियो ।

मंसिरमा ४ वटा बैंकको ब्याजदर व्यक्तिगत र संस्थागत दुवैमा एकैखाले छ । एभरेष्ट, प्रभु, सानिमा र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ९ र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । यी बैंकको ब्याजदर कात्तिकको तुलनामा मंसिरमा घटेको छ । कात्तिकमा क्रमशः ९.२२४ र ७.२२४ प्रतिशत थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको मंसिरका लागि व्यक्तिगत निक्षेपतर्फ ८.९७ र संस्थागततर्फ ५.२५ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ९.१ र संस्थागततर्फ ७.१ प्रतिशत, कृषि विकासले व्यक्तिगततर्फ ९.५१२ र संस्थागततर्फ ७.५१२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले व्यक्तिगततर्फ ९.५१ र संस्थागततर्फ ७.५१ प्रतिशत तथा ग्लोबल आइएमईले व्यक्तिगततर्फ ९.६ र संस्थागततर्फ ७.६ प्रतिशत ब्याजदर तोकेको छ ।

हिमालयन र नेपाल एसबिआईले मंसिरका लागि व्यक्तिगत निक्षेपमा १०.६३ प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याज दिने भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter