खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने मन्त्रिपरिषद्को निर्णय; यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ, माघ ३ गते । मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) युगाण्डा जाने भएपछि खड्कालाई कार्यवाहक तोकिएको हो । मन्त्रिपरिषद्मा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतका अनुसार बैठकले ग्रिन हाइड्रोजन नीति पास गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई सो नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।

त्यस्तै सरकारले नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरेको छ । यसै गरी नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त भएका छन् ।

सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धकमा किरण बाबु पुनलाई पनि नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिका –६ घर भएका पुनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

यसै गरी सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिएको छ । बैठकले उक्त विधेयक गृह मन्त्रालयलाई संसद्मा पेश गर्न स्वीकृत गरेको हो ।

यस्तै बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्ने निर्णय गरेको छ । सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter