त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्यान्ड्समाथि नेपाल ६ विकेटले विजयी

गाेविन्द रेग्मी / काठमाडौँ, फागुन १९ गते । नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार जितका लागि एक सय २१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । जितसँगै नेपालले फाइनल पुगेको छ । नेपाल पोजेटिभ रन रेटका आधारमा फाइनलमा पुगेको हो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाउनुभयो । गुलशन झाले ३८ र ओपनर कुशल भुर्तेलले १२ र आशिफ शेखले आठ रन बनाउनुभयो । दीपेन्द्रसिंह ऐरीले अविजित चार र कुशल मल्लले अविजित दुई रन बनाउनुभयो ।

बलिङमा नेदरल्यान्ड्सका भिभियन किङ्माले तीन विकेट लिनुभयो । आर्यन दत्तले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले सर्वाधिक ३१ रन बनाउनुभयो ।

यस्तै टिम भानले २४, रोयलफ भानले २३ र कप्तान स्कट इडवार्डले १८ रन बनाउनुभयो । बलिङमा नेपालका प्रतिश जिसीले तीन विकेट लिनुभयो । करण केसी र कुशल मल्लले दुई दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो ।

नेपालको यो सिरिजमा दोस्रो जित हो । नेपालले शुक्रबार नामिबियामाथि तीन रनको रोमाञ्चक जित निकालेको थियो । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो ।

लगातार दोस्रो जितसँगै चार खेलबाट चार अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सको तीन खेलबाट चार अङ्क छ । तेस्रो स्थानमा रहेको नामिबियाको तीन खेलबाट दुई अङ्क छ । आइतबार नेदरल्यान्ड्स र नामिबियाको खेल हुनेछ । उक्त खेलपछि फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । (गोरखापत्र)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter