रैथाने बाली प्रवर्द्धनमा जोड

चन्द्र पन्दाक / ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा रैथाने बालीको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने भएको छ । किसानको आयआर्जन बढाउनुका साथै बाली संरक्षणका लागि जिल्लामा उत्पादन हुने रैथाने तथा नगदेबालीको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने भएको हो ।

सदरमुकाम फुङ्लिङमा आयोजित ‘कृषि उद्यमशीलताको सम्भावना’ विषयक कार्यशाला गोष्ठीका सहभागीले रैथाने बालीको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका हुन् । मुना कृषि लिमिटेडको आयोजना तथा जिल्ला समन्वय समितिको संयोजनमा भएको गोष्ठी सोमबार सम्पन्न भएको हो । गोष्ठीमा पछिल्लो समय रैथाने बाली लगाउन छोड्नाले उत्पादन न्यून हुँदैगएको र कतिपय रैथाने बाली लोप हुने अवस्था आएकाले संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको सहभागीले बताएका हुन् ।

गोष्ठीमा सहभागी फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले रैथाने बाली प्रवर्द्धन गर्न पहल गर्नुपर्ने बताउनुभयो । रैथाने बाली संरक्षण गर्दै प्रवर्द्धन गर्ने कार्यमा किसानको भूमिका महत्त्वपूर्ण रहने उहाँको भनाइ छ । यस्तै, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर)ले पनि रैथाने बाली लगाउन चलन हराउँदै गएकाले प्रवर्द्धनको खाँचो रहेको धारणा राख्नुभयो ।

मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले पनि रैथाने बाली प्रवर्द्धनका लागि खेतीमा जोड दिनुपर्ने बताउनुभयो । रैथाने बाली लगाउनमा स्थानीय किसान जागरूक हुनुपर्ने र यसका लागि स्थानीय सरकारले सहयोग तथा प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो ।

यता गोष्ठीमा स्थानीय तहको सहकार्यमा मकै, फापर, भटमास, सूर्यमुखीजस्ता रैथाने बाली प्रवर्द्धनसँग सम्बन्धित क्षेत्रमा काम गर्ने विषयमा छलफल भएको छ । मुना कृषि लिमिटेडकी प्रमुख प्रबन्धक सीता पाण्डेका अनुसार रैथाने बाली प्रवर्द्धनको कामसँगै उत्पादित वस्तुको प्रशोधन र बजारीकरणका लागि आवश्यक पहल गर्ने निर्णयसमेत भएको छ ।

जिल्लास्तरीय कार्यशाला गोष्ठी जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णप्रसाद लिङ्खिमको अध्यक्षतामा सम्पन्न भएको छ । गोष्ठीमा स्थानीय जनप्रतिनिधि, विभिन्न कृषि तथा सहकारी सङ्घ–संस्थाका प्रतिनिधिलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । रैथाने बाली प्रवर्द्धनको योजनासम्बन्धी प्रस्तुति मुना कृषि लिमिटेडकी प्रमुख प्रबन्धक पाण्डेले गर्नुभएको थियो । (गोरखापत्र)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter