पर्यटन प्रवर्धन गर्न होमस्टे

लीलाधर वली / घोराही, चैत ५ गते । छिल्लीकोट दाङको धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध पर्यटकीय गन्तव्य हो । धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा पर्यावरणीय दृष्टिले परिचित छिल्लीकोटमा पछिल्लो समय मानिसको चहलपहल बढेकाले पर्यटन प्रवर्धनमा होमस्टेको भूमिका महत्त्वपूर्ण रहेको बुझाइ स्थानीयको छ ।

घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत बिजौरीबाट करिब १२ किलोमिटर उत्तर पहाडमा रहेको छिल्लीकोटमा मालिका मन्दिर र कालिका मन्दिरसँगै तत्कालीन पन्ध्र सोह्र शताब्दीतिर राजा बसेको दरबार क्षेत्रसँगै भ्यूटावर चढ्न मानिसहरू पुग्ने गर्छन् ।

मानिसको चहलपहल हेरी सुदन नेपाली र सुधीर नेपालीले होमस्टे सञ्चालनमा ल्याउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका –१९ स्थित धार्मिक एवं ऐतिहासिकस्थल छिल्लीकोटमा पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले करिब डेढ करोडको लगानीमा ‘हाम्रो होमस्टे’ सञ्चालनमा ल्याउनुभएको हो ।

करिब दश कट्ठा जग्गा किनेर धार्मिक, ऐतिहासिक एवं पर्यावरणीय रूपमा उत्कृष्ट छिल्लीकोट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई न्यानो आतिथ्यतासँगै स्थानीय उत्पादन मकैको ढिँडो, लोकल कुखुरा, सिस्नो, सिन्की, कोदो, टिमुरलगायतका परिवार खुवाउने गरी होमस्टे सञ्चालनमा ल्याइएको होमस्टेका सञ्चालक सदन नेपाली बताउनुभयो ।

घुम्न आउने पाहुनालाई गाउँकै मिठो मसिनो खुवाउन र स्वागत सत्कार गर्न होमस्टे चलाएको बताउनुभयो । पढेर धन कमाउन बिदेसिनुभन्दा आफ्नै ठाउँमा केही गरौँ भनेर होमस्टे चलाएको भन्दै सुदनले भन्नुभयो, ‘नयाँ खालको व्यवसाय भएकाले धेरै आम्दानी त हुँदैन तर सन्तोष मान्नुपर्ने अवस्था छ ।’

उहाँका अनुसार गत वर्षको वैशाख महिनादेखि सञ्चालनमा आएको होमस्टे पूर्वाधार विकासकै क्रममा रहेको र अहिले १२ देखि १३ जनासम्म बस्न सक्ने व्यवस्था रहेको छ । स्थानीय कोदो, फापरको परिकार, लोकल कुखुराको सुप र सिजनअनुसारका खानाका परिकार मन पराउनेहरू बढी आउनेगरेको सञ्चालक नेपाली बताउनुभयो ।

कच्ची सडकले समस्या

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत बिजौरीबाट छिल्लीकोटसम्मको दूरी करिब १२ किलोमिटर छ । करिब ५ किलोमिटर कालोपत्रे भएको छ तर बाँकी सडक कालोपत्रे हुन नसक्दा धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको पर्यटकीयस्थल छिल्लीकोट पुग्न समस्या हुनेगरेको सुदन नेपालीको भनाइ छ ।

धार्मिक एवं ऐतिहासिकस्थलको विकासका लागि सडक कालोपत्रे हुन नसक्दा कच्ची सडकका कारण हिउँदमा धुलो र पानी परेको समयमा हिलोको समस्या हुनेगरेको बताउनुभयो ।

हाम्रो होमस्टेसँगै स्थानीयले पर्यटन प्रवर्धनमा सहयोग पुग्ने सामुदायिक होमस्टे समेत सञ्चालन गर्दै आउनुभएका अर्का स्थानीय परवीर पुन बताउनुहुन्छ । पछिल्लो समय छिल्लीकोटमा जिपलाइन थपिएकाले यसले चहलपहल बढाउने अपेक्षा स्थानीयको छ । (गोरखापत्र)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter