दशरथ रङ्गशालाको संरक्षण राखेप आफैले गर्ने

काठमाडौँ, चैत ६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको खेलमैदान संरक्षण आफैले गर्ने भएको छ ।

यसअघि राखेप मातहत रहेको दशरथ रङ्गशालाको खेलमैदान विगत लामो समयदेखि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मर्मतसम्भार तथा संरक्षण गर्दै आएको थियो ।

मैदानको गुणस्तर र स्तरोन्नतिमा सन्तोषजनक कार्य नभएकोले अबउप्रान्त राखेपआफैले संरक्षण गर्ने जनाएको छ । संरक्षण गर्ने प्रारम्भिक कार्य मङ्लबारदेखि नै सुरु भएको छ ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को परिच्छेदको नियम २० को उपनियम (३) मा पनि राखेप मातहतका भौतिक पूर्वाधारहरूको संरक्षण र संवर्द्धन राखेपले नै गर्ने भनी उल्लेख छ । उक्त खेल मैदानको संरक्षण गर्न दैनिक आवश्यक पर्ने जनशक्तिको पनि राखेपले व्यवस्था गरिसकेको छ ।

बहराइन जान थप दुई जनालाई मात्र स्वीकृति

बहराइनमा चैत ८ र १३ गते हुने फिफा विश्वकप २०२६ को छनोट चरणको प्रतियोगितामा खेलाडीसहित अनिवार्य सहभागी हुनुपर्ने टोलीमा दुई जनालाई मात्र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति दिएको छ ।

एन्फाले अनुरोध गरेकोमध्ये टिम डाक्टर राजु डङ्गोल महर्जन र मिडिया अफिसर गोविन्दराज नेपाललाई सहभागिताका लागि स्वीकृति दिइएको सङ्घ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिनुभयो ।

एन्फाले बहराइन जानका लागि खेलाडीसहित ४१ सदस्यीय टोलीको सहभागिताका लागि स्वीकृति माग गरेको थियो । ४१ सदस्यीय टोलीमा १० जना भने प्रतियोगितामा सहभागी हुन अनिवार्य नदेखिएले राखेपले एन्फालाई ध्यानाकर्षण गराइसकेको थियो ।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउँदा परिणाममुखी आवश्यक तयारी गरी सशक्त राष्ट्रिय टिम बनाउन जोड दिनु पर्नेमा आवश्यकता नै नदेखिएको क्षेत्रमा थप आर्थिक व्ययभार हुने अवस्था कुनैपनि कोणबाट सही नभएकोले राखेपले १० जनाको स्वीकृति नदिएको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter