चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, चैत ८ गते। अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ। बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले सांसदले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताउनुभएको हो।

उहाँले राजश्व वृद्धिका लागि भन्सारको चुहावट रोक्ने कार्ययोजना बनाएको पनि बताउनुभयो। उहाँले भन्सार नाकामा समस्या रहेको स्वीकार गर्दै भन्सार बिन्दुमा नै सुधार ल्याउने गरी काम गरिरहेको पनि बताउनुभयो। उहाँले सबैले अर्को महिनादेखि भन्सारमा सुधार भएको महसुस गर्ने अवस्था आउने दाबी गर्नुभयो।

अर्थमन्त्री पुनले आन्तरिक राजश्व सङ्कलनमा पनि सुधार र परिवर्तन ल्याउने प्रतिबद्धता जनाउनुभयो। ४० प्रतिशत भन्दा बढी राजश्व वृद्धिको लक्ष्य भए पनि ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि देखिएको बताउनुभयो। उहाँले नेपाल दुई ठुला अर्थतन्त्र भएका देशको बिचमा रहेकाले करिब १७ सय किलोमिटर खुला बोर्डर रहेको बताउनुभयो। खुला नाका भएकाले भन्सारमा समस्या आइरहेको धारण राख्नुभयो। भन्सारका समस्या मान्छेको नियत भन्दा पनि क्षमता नपुगेको अर्थमन्त्रीको दाबी थियो।

अर्थमन्त्री पुनले सरकारको संरक्षण कम भए पनि कृषिलाई सरकारले संरक्षण गर्नुपर्ने देखिएको बताउनुभयो। अर्थमन्त्री पुनले नेपालमा भारतले जस्तो कृषिलाई संरक्षण गर्न नसकिएको बताउनुभयो। हरेक वर्ष ६० अर्ब बराबरको मल किसानलाई अनुदान दिनुलाई सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बुझ्नुपर्ने उहाँको भनाइ छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter