• Tuesday, April 22, 2025

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय

काठमाडौँ । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो ।

‘बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ’ भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविलाल नेपालीले भूमि व्यवस्था मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।

उनले मालपोत ऐन २०३४ को दफा २४ अनुसार जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याइएको बताए ।

कम्पनीका तत्कालीन अध्यक्षको निर्णयले २०४४ भदौ ६ मा ६ रोपनी र मंसिर १८ मा थप ४ रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो । सरकारको जग्गाको हक हस्तान्तरण गर्दा सरकारको स्वीकृति चाहिन्छ । १० रोपनी जग्गा फुटवेयरको नाममा लैजाँदा मन्त्रिपरिषद्ले निर्णय गरेको थिएन ।

सो जग्गा प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी पक्राउ परी अदालतको आदेशमा छुटिसकेका छन् । सो जग्गा प्रकरणमा उद्योगी विनोद चौधरीसँग पनि बयान लिइसकिएको छ ।

पत्रकार सम्मेलनमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले व्यक्तिको नाममा लगिएका वा लाने प्रयत्न गरिएका राज्यको नाममा रहेको सम्पत्ति सरकार मातहत ल्याउने अभियान थालनी भैसकेको बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter