• Wednesday, April 23, 2025

उपत्यकामा होली शान्तिपूर्ण : नियम उलंघन गर्ने ७६ जना पक्राउ

काठमाडौं,चैत ११ गते। होलीको मनाउने क्रममा जथाभावी रङ दल्ने तथा नियम उलंघन गरी सवारी चलाउने र होहल्का गरेको आरोपमा काठमाडौं उपत्यकाबाट ७६ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अवदेश विष्टका अनुसार पक्राउ पर्नेमा ६९ जना पुरुष र ७ जना महिला छन्। पक्राउ पर्नेमा काठमाडौं जिल्लाबाट ६३ पुरुष र सात महिला गरी ७० जना , ललितपुरबाट दुई पुरुष र भक्तपुर जिल्लाबाट चार पुरुष रहेका छन्।

यस्तै ट्राफिक नियम उल्लंघन गरेको आरोपमा चार पाङ्ग्रे सवारी १५ वटा र मोटरसाइकल ६४९ वटा समातिएका छन्। उनीहरुलाई जरिवाना गरी सचेत बनाएर छाड्ने प्रक्रियामा रहेको उहाँको भनाइ छ।

पक्राउ परेकालाई अवस्था हेरेर मात्र मुद्दा चलाइने उहाँको भनाइ छ। गत वर्षको तुलनामा यस वर्ष काठमाडौं उपत्यकमा होली शान्तिपूर्वक रुपमा सम्पन्न भएको विष्टले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘गतवर्षको तुृलनामा यसवर्ष उपत्यकामा होली शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। केही पक्राउ परे पनि अन्य अप्रीय घटना भने भएनन्।’

उपत्यकामा होलीलाई सुरक्षित बनाउने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो। उपत्यकाका ६० बढी स्थानमा सुरक्षा चेकजाँच भएको थियो। ड्रोनबाट समेत निगरानी गरिएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter