• Saturday, May 03, 2025

एक लाख ६८ हजार भक्तजनले गरे पाथीभराको दर्शन

चन्द्र पन्दाक / ताप्लेजुङ, चैत ३० गते। चैत मसान्त सम्ममा एक लाख ६८ हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन्। चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत महिनासम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्।

पाथीभरा क्षेत्र विकास समितिले शुक्रबार (आज) ५ बजेपछि सार्वजनिक गरेको तथ्याङ्कअनुसार चैत मसान्त सम्ममा कुल एक लाख ६८ हजार ४६८ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्। पाथीभराको दर्शन गर्न चैत महिनामा मात्र ५२ हजार ४५५ जना भक्तजन आएका समितिले तथ्याङ्क सार्वजनिक गरेको छ।

चालू आबको नौ महिनाको अवधिमा सबैभन्दा बढी चैत महिना र त्यसपछि दसैँ तिहारको समय कात्तिक महिनामा ४९ हजार १६३ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले सार्वजनिक गर्नुभएको भक्तजनको विवरणअनुसार साउन महिनामा सबैभन्दा कम एक हजार १२२ जना भक्तजन पाथीभराको दर्शन गर्न आएका छन्।

भदौ महिनामा पाँच हजार जना, असोजमा १० हजार ३४३ जना, मङ्सिरमा २० हजार ४१६, पुसमा पाँच हजार ६५५, माघमा छ हजार ४०१ र फागुन महिनामा १७ हजार ९१२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्। पाथीभराको दर्शन गर्न नेपालको विभिन्न जिल्ला र नेपाल बाहिर भारतको सिक्किम, दार्जिलिङ, आसाम, वेस्ट बङ्गाल लगायतबाट भक्तजन आएका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो।

यसैगरी चैत महिनामा मात्र भक्तजनले दान गरेको र चढाएको भेटी रकम ७५ लाख सात हजार १५० रुपियाँ बचत गरिएको पनि समितिले जनाएको छ। भेटीबापत सङ्कलन भएको उक्त रकम नेपाल बैङ्क लिमिटेडसहित विभिन्न बैङ्कहरूमा रहेको समितिको खातामा बचत गरिएको समितिले जनाएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter