• Wednesday, April 23, 2025

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्का नियुक्त; नीति अनुसन्धान प्रतिष्ठान अध्यक्षमा लेखनाथ शर्मा नियुक्त

काठमाडौँ, जेठ ३ गते । न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त रहेको अध्यक्ष पदमा संगीता खड्का नियुक्त भएकी छन्।

मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले खड्कालाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा नियुक्त गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

जलवायु परिवर्तन अनुकूलन कार्यक्रमका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो सहायता स्वीकार गर्ने निर्णय गरेको शर्माले जानकारी दिइन्।

नेपाल प्रशासन सेवा समूहीकरण सेवा अन्तर्गत् राजपत्रांकित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेललाई बडुवा भएका छन्। उनी अहिले मधेस प्रदेशको कायममुकाय सचिव छन्।

त्यस्तै नेपाल कृषि तथा वन सेवा समूहीकरण अन्तर्गत् राजपत्रांकित विशिष्ट श्रेणीको पदमा राजेन्द्र प्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको छ।

नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्रा‍.डा. लेखनाथ शर्मा नियुक्त भएको पनि शर्माले बताइन्। प्रा‍.डा. शर्मा यसअघि खुला विश्वविद्यालयका उपकुलपति थिए।

नीति अनुसन्धान प्रतिष्ठान अध्यक्षमा लेखनाथ शर्मा नियुक्त

सरकारले नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

शर्मा यसअघि खुला विश्वविद्यालयका उपकुलपति थिए। उनी गोरखा नगरपालिका वडा नम्बर ७ का हुन्।

शर्माले गोरखास्थित गोरखा क्याम्पसको प्रमुख रहेर पनि काम गरेका थिए।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter