• Wednesday, April 23, 2025

स्वास्थ्यमा समस्या देखिएपछि डा.केसीले तोड्नुभयो अनसन

काठमाडौँ, जेठ ३ गते । स्वास्थ्यमा समस्या देखिएपछि डा. गोविन्द केसीले २२ औँ आमरण अनसन तोड्नुभएको छ । केसीले बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै २२ ‍औँ अनसन तोडेको जानकारी दिनुभएको हो ।

उहाँले छैटौँ दिनमा द्वन्द्व पीडितहरू भानुप्रताव साह, उज्वलकुमार श्रेष्ठ र सावित्री श्रेष्ठको हातबाट जुस पिएर अनसन तोड्नुभएको छ । डा‍. केसी पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बस्नुभएको थियो । उहाँले राज्यले नागरिकहरू प्रतिको दायित्व निर्वाह नगर्ने देखिएकाले अनसन तोडेको बताउनुभयो । उहाँले द्वन्द्व पीडितहरूले न्याय पाउनुपर्छ भन्दै ६ वर्षअघिदेखि माग राख्दै आएको तर अहिलेसम्म सरकारले कुनैपनि सम्बोधन नगरेको बताउनुभयो ।

उहाँको स्वास्थ्य अवस्था जटिल हुँदै गएको डाक्टरहरूले औँल्याएसँगै अनसन तोडेको बताउनुभयो । उहाँले वर्तमान शासकहरूको नियतलाई दृष्टिगत गर्दै अनसन तोड्नुपरेको उल्लेख गर्नुभयो । उहाँले हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्ठभूमिमा रमेका रमाएकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सुनुवाइ गर्छन् र शासकहरू संवेदनशील बन्छन् भन्नेकुरा सोच्नु मूर्खता भएको जिकिर गर्नुभयो ।

डा. केसीले सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने भन्दै प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालको तत्काल राजीनामा माग समेत गर्नुभएको थियो । यस लगायत उहाँले सबै नेपालीलाई निःशुल्क औषधी-उपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने थप चार बुँदे माग राखेर अनसन बस्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter