• Friday, May 02, 2025

सहकारी प्रकरणमा संसदीय समिति बनाउने शीर्ष नेताविच सहमति

काठमाडौं / जेठ ५ गते। शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ।

शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बसेको नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरुको बैठकबाट सो सहमति जुटेको हो।

नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलको शीर्ष नेताहरुको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको जानकारी दिनुभयो। उहाँले समिति बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारको तर्फबाट सहजीकरण गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘आज हामी मुख्य दलको शीर्ष नेताहरुको बैठक बस्यो। प्रधानमन्त्री, नेपाली काँग्रेस सभापति, नेकपा (एमाले) अध्यक्ष, उपप्रधानमन्त्री लगायतका नेताहरु बस्नुभएको हो। भोलिको सदनको विषयलाई लिएर छलफल भयो। सकारात्मक रुपमा नै अघि बढ्छ। समिति बनाएर जानुपर्छ नै भन्ने हो, सबै सहमत भएकै अवस्था छ। समितिको कार्यादेश के हुने भन्नेबारेमा पनि काम गर्ने कुरा भएको छ। समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक रुपमा समान धाराणा बनेको छ, यो उपलब्धि र सकारात्मक रुपमा बुझ्नुपर्छ। कानूनमन्त्रीजीले सहजीकरण गर्नुहुनेछ। संसदीय समिति बनाएर जाने विषयमा सबैको सहमति भएर समान धारणा बनेको छ।’’

प्रमुख सचेतक लेखकले टिओआर भने कार्यदलले आइतबार बनाउने बताइएको छ। समिति बन्ने भएसँगै आइतबारको संसद सहज रुपमा अघि बढ्ने प्रमुख सचेतक लेखकको भनाइ छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter