बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब, कुन प्रदेशको कति?

काठमाडौं, जेठ ९ चालु आर्थिक वर्षमा बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब बढी पुग्ने अनुमान गरिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले प्रदेश अनुसार चालु वर्षको लेखा अनुमान सार्वजनिक गर्दै बागमती प्रदेशले मात्रै नेपालको कुल अर्थतन्त्रमा ३६ प्रतिशत बढी योगदान गर्ने अनुमान गरेको छ।

चालु आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब ५ अर्ब हुने अनुमान गरिएकोमा बागमती प्रदेशले ३६.४ प्रतिशत, कोशी प्रदेशको १५.८ प्रतिशत योगदान रहने देखिएको छ।

त्यस्तै, लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान रहेको छ।

चालु वर्षमा प्रदेशअनुसार सुदूरपश्‍चिमको चार खर्ब चार अर्ब, कर्णालीको दुई खर्ब ४३ अर्ब, लुम्बिनीको ८ खर्ब १४ अर्ब अर्थतन्त्रको आकार पुग्ने अनुमान गरिएको छ।

त्यस्तै गण्डकीको ५ खर्ब १६ अर्ब, बागमतीको २० खर्ब ७४ अर्ब, मधेशसको ७ खर्ब ४८ र कोशीको नौ खर्ब तीन अर्ब पुग्ने अनुमान गरिएको छ।

चालु आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै ४.५५ प्रतिशत गण्डकी प्रदेशमा हुने तथ्यांक कार्यालयले जनाएको छ।

लुम्बिनी प्रदेशको पनि आर्थिक वृद्धिदर ४.०५ प्रतिशत पुग्ने अनुमान छ। सबभन्दा थोरै वृद्धिदर कर्णाली प्रदेशको छ।

कर्णाली प्रदेशको ३.३९ प्रतिशत मात्रै वृद्धिदर कायम हुने अनुमान छ।

उपभोक्ताको मूल्यमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान रहेको छ।

कोशी प्रदेशको ३.५१, मधेशसको ३.७८, बागमतीको ३.९६ सुदूरपश्‍चितमा ३.४१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter