सबै पालिकाहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न आवश्यक : श्रममन्त्री अर्याल

काठमाडौँ, जेठ ९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलाको अवलोकन गरेका छन् । काठमाडौँ महानगरपालिकाले गत वैशाख १९ गते टुँडिखेल जारी रहेको सीप मेलाको बुधबार उनले अवलोकन गरेका हुन् ।

सीप मेलाको अवलोकनपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री अर्यालले ७५३ स्थानीय तहहरूले आवश्यकता अनुसारका मेलाहरू आयोजना गर्नुपर्ने बताए । उनले ७५३ स्थानीय तहहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना गरी रोजगारीको वातावरण बनाउँदै विदेश जाने लहरलाई रोक्ने प्रयास गर्न आवश्यक रहेको बताए । काठमाडौँ महानगरपालिकाले गरेको प्रयास प्रशंसायोग्य रहेको उनले बताए ।

मन्त्री अर्यालले मेयर बालेन शाहको चर्चा सीप मेलाले गर्दा मात्रै नभएको भन्दै निर्वाचन जितेर आएसँगै चर्चा भइरहेको बताए । उनले महानगरले नयाँ कामहरू गर्न खोजिरहेको र सबै स्थानीय तहले स्वदेशमा रोजगारी सिर्जना गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गर्नुपर्ने बताए । उनले मन्त्रालयले सातै प्रदेशमा गर्न लागेको श्रमाधान मेला महानगरले गरेको सीपमेला भन्दा फरक मेला भएको बताए ।

मन्त्री अर्यालले मन्त्रालयले नेपालमा कति रोजगारदाता कम्पनीहरू छ र कति रोजगारीको खोजीमा रहेका छन् भनेर श्रमिक र रोजगारदातालाई जोड्ने पुलको काम गर्न लागेको बताए ।

मन्त्री अर्यालले संघीयतामा सरकारले गर्ने हरेक कामहरू प्रदेशसहित स्थानीय तहहरूमा पुग्न आवश्यक रहेको बताए । उनले महानगरले सीप सिकाएका श्रमिकहरूलाई श्रमाधान मेलामा रोजगारीको अवसर दिने वातावरण बन्नसक्ने पनि बताए । महानगरले २०८१ सालमा २ हजार ८१ जनालाई रोजगारी दिने उद्देश्यले सीप मेला गरिरहेको छ । मेलाको उद्देश्य शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजना रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter