प्रभावकारी बन्दै माटो दलेर गरिने उपचार

मीना कंडेल / कावासोती, साउन ११ गते । नवलपुरको देवचुली नगरपालिका रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयप्रतिको आर्कषण बढ्दै गएको छ । प्राकृतिक चिकित्सालयमा प्राकृतिक विधि प्रयोग गरिने भएकाले यसले कुनै साइडइफेक्ट नगर्ने भएकाले यसप्रति आकर्षण बढेको हो ।

यहाँ माटो, पानी, हावा, अग्नी, जलका साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपङ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । ठुला अस्पतालमा निको नभएको रोग प्राकृतिक चिकित्सालयमा आएपश्चात निको भइरहेको सेवाग्राहीको भनाइ छ ।

चिकित्सालयमा नसा, पेट, मुटु र छालाका बिरामीलाई माटो दलेर उपचार गर्ने गरिन्छ । गैडाकोट ३ का शिवकान्त तिवारी आजभोलि स्वास्थ्यमा केही समस्या देखियो भने प्राकृतिक चिकित्सालय आउनुहुन्छ । शरीरमा देखिने विविध समस्या देखिएपछि समाधानका लागि चार दिनसम्म चिकित्सालयमा बसेर उपचार गरी घर फर्किएको तिवारीले बताउनुभयो ।

वर्षमा एक पटक उपचारका लागि रजहर आउने गरेको उहाँको भनाइ छ । यस्तै, चितवनका अनिल ढकाल पनि उपचारका लागि प्राकृतिक चिकित्सालयमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि नसा, ढाड र खुट्टा दुख्ने समस्याले दैनिकीमा असर पारिरहेको थियो । यहाँ उपचार गरेपछि सहज भएको छ । हरेक दिन व्यायाम गरियो भने दीर्घरोगी भएर बस्न पर्दैन भन्ने पाठ सिकें ।”

चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले यस्ता रोगले ग्रस्त भएकालाई माटो दलेर गरिने उपचार निकै प्रभावकारी देखिएको बताउनुभयो । खेती नगरिएको जमिनभन्दा ६ फिट तलको माटो ल्याएर त्यसको फोहोर हटाएर दीर्घरोगीको शरीरमा दलेर उपचार गर्ने गरिएको उहाँको भनाइ छ । त्यसले शरीरभित्रको फोहोर सोसेर निरोगी बनाउने गर्दछ ।

अस्पतालका व्यवस्थापक हरि सापकोटाले चिकित्सालयमा उपचार सेवा लिन आएका अधिकांश बिरामीको विमार निको हुँदैगएको बताउनुभयो । ५२ शैयाबाट सञ्चालन सुरु गरिएकोमा अहिले तीनसय शैयामा विस्तार गरिएको छ । सुरुवाती दिनमा खासै बिरामीको चासो र विश्वास नदेखिए पनि कोरोनापछिको समयमा विरामीको विश्वास बढ्नुका साथै अस्पतालमा चाप समेत बढेको सापकोटाको भनाइ छ ।

२०६४ मा स्थापित चिकित्सालयमा हालसम्म उपचार गराउनेको संख्या ५० हजार नाघिसकेको छ । दश बिघा क्षेत्रफलमा फैलिएको यस चिकित्सालयमा हाल देशका विभिन्न स्थान बुटवल, पाल्पा अर्घाखाँची, नारायणगढ, चितवन, नवलपरासी, मकवानपुर, धादिड. लगायतका छिमेकी देश भारत र विदेशबाट विरामीहरु उपचार सेवा लिन आउने गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter