• Monday, May 19, 2025

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छ : मन्त्री पौडेल

काठमाडौं, साउन १४ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गरेको प्रश्नको जवाफमा उनले सो कुरा बताएका हुन् ।

मन्त्री पौडेलले अहिलेकै नीति, नियमले भित्र बीमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि बीमा समिति र सम्बन्धित पक्षसँग छलफल गरिरहेको पनि जानकारी दिए । स्वास्थ्य उपचारमा सहज बनाउनका लागि आम नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्नका लागि सरकारले अध्ययन गर्न छुट्टै समिति बनाउने तयारी पनि गरिरहेको मन्त्री पौडेलको भनाई थियो ।

मन्त्री पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन पनि सरकार लागि परेको बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter