• Saturday, May 03, 2025

मंसिर १६ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय; संसद् अधिवेशन अन्त्यका लागि सिफारिस

काठमाडौँ, भदौ ३० गते । सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि आइतबार नै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सुझाव दिएका थिए ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको हुने ।

संसद् अधिवेशन अन्त्यका लागि सिफारिस

नेपाल सरकारले सोमबार राति १२ बजेदेखि संघीय संसद्‍को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठक बैठकले सो निर्णय गरेको हो ।

यो बजेट अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो । तर, यतिबेला दुई कम्युनिस्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसद्‍मा आमनेसामने भइरहेका छन् । यसले सिङ्गो संसद्मा असर परेको छ । संसद् बैठक बस्न सकेको छैन ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter