• Saturday, May 03, 2025

हिमा गाउँपालिकामा दुई नमुना विद्यालय भवन निर्माण सम्पन्न,सामाजिक विकास मन्त्रीद्धारा उद्घाटन

जुम्ला, असोज २ गते । आधारभूत तहमा बालबालिकाको आर्कषण बढाउन जुम्ला जिल्लाको हिमा गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा सुविधायुक्त मैत्रीपूर्ण विद्यालय भवन निर्माण गरिएको छ ।

जुम्ला जिल्लामा रहेको गैरसरकारी संस्था पेस नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ‘आधार परियोजना’को करोडबढी लगानीमा दुर्गमका सामुदायिक विद्यालयमा बालमैत्री बसाई व्यवस्थापन,हिउँदको चिसो छेक्ने वाल सिलिङ गरिएका कक्षा कोठा,छात्रा छात्र छुट्टा छुट्टै शौचालय भएको,भूकम्प प्रतिरोधी लगायतका सुविधा सहितको विद्यालय भवन बनेका छन् ।
यस परियोजनाले ४ वटा विद्यालयमा मर्मत सम्मारका कार्यक्रम गर्दे शिक्षक,विद्याथी, अभिभावकलाई विभिन्न तालिम समेत प्रदान गर्दे एक नमुना विद्यालयमा गुणस्तरीय शिक्षाको क्षेत्रमा योगदान गरेको छ ।

हिमाको भैरव आधारभुत विद्यालय जोगीवाडा र महादेव आधारभुत विद्यालय कुडुमा निर्माण सम्पन्न भएको ४÷४ कोठे बालमैत्री अपाङ्गमैत्री विद्यालय भवन तथा लैङ्गिक समावेशी शौचालय सहितको विद्यालय भवन बुधबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री भण्डारी, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाही लगाएतले दुर्गमका सामुदायिक विद्यालयमा यत्तिको सुविधायुक्त भवन बन्नु सामुदायिक शिक्षा सुधारको लागि आशा लाग्दो कार्य भएको बताए ।

भैरव आधारभुत विद्यालय जोगीवाडाको चार कोठेका विद्यालय भवन कूल ६१ लख ८५ हजार ३४३ रुपैया लगानीमा निर्माण भएको हो भने महादेव आधारभुत विद्यालय कुडुमा ६३ लाख दुई हजार ८६८ रुपैया लगानीमा भवन निर्माण भएको पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए ।

उक्त कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल, प्लान इन्टरनेशलन नेपालको सिनियिर निर्देशक जुली गुरुग, निर्देशक सन्देश सिल्पाकार, क्षेत्रिय म्यानेजर मिना पराजुली,पत्रकार महासघ जुम्लाका अध्यक्ष, जोगीवाडा र कुडु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका शिक्षक, विद्याथी लगाएतको उपस्थिति रहेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter