• Monday, April 14, 2025

‘वैदेशिक रोजगारीबाट फर्किने ४० प्रतिशतमा मिर्गौलाको समस्या छ’


काठमाडौं, चैत २१ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किने ४० प्रतिशत नेपालीमा मिर्गौलासम्बन्धी रोग देखिएको बताउनुभएको छ । गोरखापत्र पदाधिकारीहरुसँगको भेटमा आज उहाँले सो कुरा बताउनुभएको हो ।

नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिकहरु विदेशमा बढी समय काममा जोतिनेगरेका कारण स्वास्थ्यको ख्याल नगर्नेगरेको र समयमा खाना औषधी नलिँदा त्यस्तो स्वास्थ्य समस्या देखिनेगरेको उहाँको भनाइ छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरु आफ्नो स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने उहाँको सुझाव छ । त्यहाँबाट फर्किने नेपालीमा सुगर, प्रेसर र मिर्गौलाका विरामी बढी हुनेगरेको तथ्याङ्कले देखाएको उहाँले बताउनुभयो ।

पछिल्ले १६ वर्षे अवधिमा १४ हजार नेपाली कामदारको शव फिर्ता आएको बताउँदै उहाँले नेपाली कामदारलाई स्वास्थ्यमा ख्याल गर्न उहाँले आग्रह गर्नुभयो । वैदेशिक रोजगारीमा जानुअघि युवालाई सचेतना कार्यक्रमको खाँचो रहेको उहाँले बताउनुभयो । अहिलेसम्मको तथ्याङ्कअनुसार ७० लाख नेपाली वैदेशिक रोजगारीमा गएको र ४२ लाख नेपाली फर्केको देखिएको उहाँले चर्चा गर्नुभयो ।

“वैदेशिक रोजगारीका लागि विदेशमा जाने नेपालीहरु अधिकांश रुपमा फर्केको तथ्याङ्क छ, तर स्वस्थ नेपाली फर्कन आवश्यक रहेको र त्यहाँको सीप, ज्ञानलाई स्वदेशमा उपयोग गर्न आवश्यक रहेको उहाँको भनाइ छ । ‘स्वदेशमा युवा छैनन् भन्ने भाष्य निर्माण गरिएको छ तर साँचो अर्थमा त्यस्तो अवस्था होइन’ मन्त्री भण्डारीले भन्नुभयो, “स्वदेशमै भएका युवाहरुलाई यही टिकाउने र स्वरोजगार बनाउने खालको योजना सरकारले बनाइरहेको छ । मुलुकमा राजनीतिक स्थायित्व भएपछि युवाहरु स्वरोजगार हुनेक्रम बढेको छ ।”

अर्को प्रसँगमा मन्त्री भण्डारीले अहिलेको सञ्चार माध्यम ब्रेक विनाको गाडीजस्तो भएको टिप्पणी गर्नुभयो । न्यूमिडियाको बढ्दो विकासले नागरिकलाई सुसुचित हुने अवसर प्रदान भए पनि फेक न्यूजले चुनौती बढाउँदै गएको उहाँको भनाइ छ । गोरखापत्रजस्तो इतिहास बोकेको पत्रिकाले जनताको विश्वास जितिरहेको र आगामी दिनमा पाठकको विश्वसनीयता कायमै राख्ने चुनौती भने थपिएको उहाँले बताउनुभयो । लोकतन्त्रमा वाक स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रता रहने भए पनि अनियन्त्रित र छाडा हुने छुट कसैलाई नरहेको उहाँले धारणा राख्नुभयो ।

जनतालाई सुसूचित गराउने नाममा केही सञ्चार माध्यम र सामाजिक सञ्जालले ‘कुसूचित’ गर्नेक्रम बढेको उहाँले टिप्पणी गर्नुभयो । अरु निजी मिडियाले जेजस्तो समाचार र सूचना सम्प्रेषण गरे पनि गोरखापत्रजस्तो सरकारी स्वामित्वको पत्रिकालाई निजीजस्तो समाचार सम्प्रेषण गर्ने छुट नरहेको उहाँले बताउनुभयो । ‘गोरखापत्र इतिहास बोकेको पत्रिका हो, यसको आफ्नै गौरवमय इतिहास छ, जनता र पाठकप्रति आफ्नो विश्वसनीयता कायम राख्नुपर्छ’ उहाँले भन्नुभयो ।

गोरखापत्र संस्थनका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले मन्त्री भण्डारी र मन्त्रालयका सहसचिवहरुसँगको संयुक्त भेटले आगामी दिनमा राम्रो परिणाम दिने विश्वास व्यक्त गर्नुभयो । मन्त्रालयसँग सहकार्य गरी संस्थान काम गर्न तयार रहेको भन्नुहुँदै अध्यक्ष सुवेदीले भन्नुभयो, “गोरखापत्रलाई पूर्ण अटोमेशनमा लगेर काम गरिरहेका छौं, आगामी दिनमा मन्त्रालयसँग सहकार्यलाई उपलब्धिपूर्ण बनाउन हामी गम्भीर भएर काम गर्नेछौं ।”

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले १२५ वर्षे इतिहासको विरासत जोगाउने दायित्व सरकारको पनि भएको बताउनुभयो । प्रतिस्पर्धी बजारमा गोरखापत्रको उपस्थितिलाई प्रभावकारी बनाउने चुनौती संस्थानसामु रहेकाले सरकारको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । सो अवसरमा मन्त्रालयका सहसचिवहरु प्रदीप कोइराला, जीवलाल भुषाल, चक्रपाणी पाण्डेको उपस्थिति थियो ।

त्यस्तै, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भिमसेन थपलिया, गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक राम आचार्य, गोरखापत्र संस्थानका सञ्चालक समिति सदस्य तथा गोरखापत्र अनलाइन प्रकाशनका निमित्त सम्पादक लक्की चौधरी, प्रशासन विभागका नि. निर्देशक तथा प्रमुख रेखादेवी श्रेष्ठ, उत्पादन विभागका नि. निर्देशक ओम भुषाल, योजना विभागका नि. निर्देशक भगीरथ बस्नेत लगायतका कर्मचारीहरुको उपस्थिति थियो । मन्त्रालय र संस्थानविच सहकार्य गरी अगाडि बढ्ने विषयमा दुई पक्षीय छलफल भएको छ । सो अवसरमा संस्थानका कार्यकारी अध्यक्ष सुवेदी र महाप्रबन्धक ऐरीले मायाको चिनो मन्त्री भण्डारीलाई प्रदान गर्नुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter