• Wednesday, May 21, 2025

उद्योग क्षेत्रका नीतिगत समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री बडू

काठमाडौं, पुस ६ गते। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ। बुधवार नेपाल ट्रेड युनियन कांग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको हो।

उहाँले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या भएको बताउनुभयो। उहाँले सरकारले मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोशिस गरिरहेको बताउनुभयो। उहाँले मुलुक भित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘‘ट्रेड युनियन लामो समयदेखि उद्योग क्षेत्रमा काम गरिरहनुभएको छ। सरकारले कानुन बनाउँछ। समस्या अहिले मुलुकको अर्थतन्त्रलाई सुधार गर्नु हो। मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन प्रयास गर्ने हो। मुलुक भित्र नै रोजगारी र उत्पादन बढाउने हो। त्यसको लागि उद्योग भित्र राम्रो लोकतान्त्रिक सम्बन्ध राखेर सरकार जान तयार छ। उद्योग क्षेत्रका श्रमिकदेखि उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ। तपाईंले उद्योग र श्रमिकका समस्या तथा कानुनमा कहाँकहाँ समस्या रहेका छन् पहिचान गरिदिन आग्रह गर्दछु।’’ मन्त्री बडूले पछिल्लो समय नेपालमा आन्तरिक तथा वैदेशिक लगानी कम मात्रामा आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter