• Tuesday, April 29, 2025

पानी खान नपाएरै बिल तिर्न बाध्य छन् उपभोक्ता

ललिता साह / सप्तरी, पुस २९ गते । नेपाल खानेपानी संस्थान कार्यालय सप्तरीले वितरण गर्दैआएको खानेपानीको पाइप लामो समयदेखि मर्मत नहुँदा पानी खान नपाएरै विल तिर्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् । खानेपानीको अभाव र आर्थिक मार खेप्दै आइरहेका राजविराजलगायत सप्तरीका अधिकांश खानेपानी उपभोक्ताहरुले पानी पिउन नपाएरै आफूहरू महिनौ कार्यालयको बिल तिर्दैआएको उहाँहरुको भनाइ छ । संस्थानले दुई हजार नौ सय ९४ वटा धारा जडान गरी राजविराज नगरपालिकाको साविकको दश वटा वडामा पानी सप्लाई गर्दैआएको छ ।

चौविस घण्टामा तीन पटक धारामा पानी सप्लाइ गरेवापत व्यक्तिको नाममा जडान गरिएको प्रतिधारा मासिक एक सय दश रुपियाँ अनिवार्य पानीको महशुल लिंदैआएका छन् । त्यस्तै, संस्थागत कार्यालयतर्फ महिनाको दुईदेखि चार हजारसम्म मासिक शुल्क हामीले लिंदैआएको नेपाल खानेपानी संस्थान कार्यालय सप्तरीका प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

राजविराज नगरपालिकाको शान्तिनगर, तेतरीगाछी, अदालत रोड, खर्साल टोल, हिमालय टोल लगायतको पुरानो १० वटा वडाका सबैजसो टोलका करिव दर्जन वढी ठाउँमा खानेपानीका पाइप फुटेर पानी बग्छ । यहाँका कतिपय कच्ची सडक बाटोमा खानेपानीको दिनरात बगेको पानीले कच्ची सडक बाटोहरू सँधै हिलाम्य हुन्छ ।

आठ महिना भइसक्यो फुटेको पाइप कार्यालयले मर्मत नगरिदिएर ट्युवेलमा मोटर जडान गरेर पानी खानुपरेको राजविराज – ८ का नुरजहाँ परविनले सुनाउनुभयो । उहाँले भन्नुभयो, “खानेपानीको पाइप फुटेर घरभित्र धारासम्म आउनुपर्ने पानी सडकमै बगेको देखेर केही दिन त बीच सडकबाटै बच्चाहरूले पानी भरेर ल्याउँथे तर त्यो फोहोर हुँदोरहेछ । त्यसबेलादेखि आज छ महिना जति भैसक्यो खानेपानी धारा मिटरको बिल तिर्छु तर पानी खान पाएको छैन ।”

कार्यालयमा गुनासो आएपछि एकाध ठाउँमा मर्मत गरिएको भए पनि जिल्लाभरिका आम उपभोक्ताले महिनौसम्म गुनासो गरेर थाक्ने गरेको बताउँछन् । सुनुवाइ हुँदैन, पाइप मर्मत हुँदैनन्, सप्तरीका खानेपानीका उपभोक्ताहरु बताउँछन् ।

नेपाल खानेपानी संस्थान कार्यालय सप्तरीका प्रमुख राजकुमार श्रेष्ठले भन्नुभयो, “पछिल्लो समय बाटोघाटो तथा सडक निर्माणको क्रममा खनिएको पाइपहरू पुरानो भएका कारण जताततै फुटेको छ । तर गुनासो आएका बेला मर्मत गर्न पुग्नेगरेको प्रमुख श्रेष्ठले दाबी गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter