• Saturday, April 26, 2025

मृतकको शव आफन्तलाई बुझाउन सुरु, थप एक शव फेला

काठमाडौं, माघ २ गते । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा शव बुझ्न चाहने आफन्तलाई पोस्टमार्टम पश्चात शव बुझाउन सुरु गरिएको जानकारी गराएको हो ।

सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले कुल सवार ७२ मध्ये ६९ जनाको शव फेला परेको जनाएको छ । साथै, ४१ जनाको पहिचान भइसकेको प्राधिकरणद्वारा सूचनामा उल्लेख छ ।

यस्तै, थप सहजीकरणका लागि काठमाडौंबाट फरेन्सिक विज्ञ टोली पोखरा पुगेको पनि प्राधिकरणले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter