• Saturday, April 26, 2025

सत्ता गठबन्धन दलको अर्को बैठक बिहीबार बस्ने

काठमाडौं, चैत १ गते। १० दलीय सत्ता गठबन्धनको बैठक सकिएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो।

बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले जानकारी दिनुभयो। नेता बस्नेतका अनुसार १० दलका बीचमा सकारात्मक रुपमा छलफल भएको छ। अर्को बैठक बिहीबार बस्ने गरी बुधबारको बैठक सकिएको उहाँको भनाइ छ।

माओवादी नेता बस्नेतले भन्नुभयो, ‘‘उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको छ। छलफल सकारात्मक भएको छ। भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ। आवश्यक्ताअनुसार बैठक बस्नेछ। बाँकी विषयमा पनि सामान्य छलफल सुरु भएको छ।’’ नेता बस्नेतका अनुसार बुधबारको बैठकमा सरकार विस्तार लगायतका विषयमा पनि छलफल भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter