• Saturday, April 26, 2025

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

सपना थामी / काठमाडौं, चैत ३ गते। उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव विजयी हुनुभएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद्को ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो।

शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ सङ्घतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित विजयी हुनुभएको हो। उहाँ जनता समाजवादी पार्टी (जसपा) एवम् सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएको थियो। यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यले सङ्घमा १०४ र प्रदेशमा १६९ मत प्राप्त गर्नुभयो।

जनमत पार्टीका ममता झाले सङ्घमा २३ र प्रदेशतर्फ १५ मत प्राप्त गर्नुभयो। यसैगरी, प्रमिला कुमारीले भने प्रदेश सभाका एक सदस्यको मत प्राप्त गर्नुभएको छ।

यादवको कुल मतभार संघमा १४ हजार ५३६ र प्रदेशतर्फ १५ हजार ७९२ सहित ३० हजार ३२८ रहेको छ। शाक्यको संघतर्फ आठ हजार २१६ र प्रदेशतर्फ आठ हजार २१६ गरी कुल मतभार १६ हजार ३२८ छ।

झाको संघमा एक हजार ८१७ र प्रदेशतर्फ ७२० गरी कुल मतभार दुई हजार ५३७ छ। यसैगरी प्रमिला कुमारीको कुल मतभार ४८ रहेको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार संघतर्फको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम छ।

उपराष्ट्रपति पदमा निर्वाचित यादव बाराको सिम्रैानगढ नगरपालिका–९, बसरियाको स्थानीय हुनुहुन्छ। उहाँ मधेशकेन्द्रित दल मधेशी जनअधिकार फोरम, सङ्घीय समाजवादी फोरम हुँदै मधेश आन्दोलनमा सक्रिय नेताको रुपमा परिचित हुनुहुन्छ। २०६५ सालदेखि जनता समाजवादी पार्टीको महासचिव पदमा नेतृत्वमा रहनुभयो।

उहाँ २०७४ को पहिलो संविधानसभामा समानुपातिकबाट सांसद बन्नुभयो र २०७९ सालमा सम्पन्न प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित हुनुभयो। यादव गत मङ्सिर ४ मा बारा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद हुनुभएको हो।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम उपराष्ट्रपति पदमा निर्वाचित हुनेको सांसद पद भने स्वतः रिक्त हुने व्यवस्था छ।

५२ वर्षीया यादव बुवा प्रसादराय र आमा सिहवा देवीको छोरा हुनुहुन्छ। यादवले २०६२/६३ को दोस्रो जनआन्दोलन र २०६४ को मधेश आन्दोलनको समयमा जसपा अध्यक्ष उपेन्द्र यादवसँगै नेपाली राजनीतिको नेतृत्व तहमा रहेर सहकार्य गर्दै आउनुभएको छ।

राजनीतिमा प्रवेश गर्नुअघि उहाँ शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter