• Saturday, April 26, 2025

करिब २२ लाख प्रिमियम रकम व्यक्तिगत खातामा राखेर स्वास्थ्यकर्मी फरार

काठमाडौं, चैत ३ गते। बीमाका लागि नागरिकले तिरेको प्रिमियम बापतको २१ लाख ८५ हजार १५० रुपियाँ रकम आफ्नो व्यक्तिगत खातामा राखेर स्वास्थ्यकर्मी सम्पर्कविहीन भएको पाइएको छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार उदयपुरमा दर्ता अधिकारीको रुपमा कार्यरत सिअहेब (छैटौं तह) मोहम्मद फिरोज अली बीमाका लागि नागरिकले तिरेको प्रिमियम बापतको २१ लाख ८५ हजार १५० रुपियाँ रकम आफ्नो व्यक्तिगत खातामा राखेर सम्पर्कविहीन भएको पाइएको हो ।

सार्वजनिक सूचना निकाल्दै बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले उहाँलाई एक साताभित्र उक्त रकम बोर्डको खातामा जम्मा गरी सम्पर्कमा आउन आग्रह गर्नुभयो । निर्देशक डा.बसौलाका अनुसार स्वास्थ्यकर्मी पुस ११ गतेदेखि सम्पर्कविहिन हुनुभएको हो ।

सुचना अनुसार सिअहेब अलीले गत असार मसान्तसम्म स्वास्थ्य बीमाका लागि दर्ता सहयोगी मार्फत उठेको रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको पाइएको छ। प्रिमियम रकम जति आफ्नो खातामा राखेर उहाँले पछि आफ्नो व्यक्तिगत चेकबाट बोर्डको खातामा जम्मा गर्न भौचर भरी पेश गर्नुभएको थियो ।

तर, त्यसबेला खातामा रकम नभई चेक फिर्ता (बाउन्स) भएको उक्त सूचनामा उल्लेख छ ।

चेक बाउन्स भएपछि बैंकले गत पुस १३ मा उहाँको नाममा पत्र काटिएको थियो। तर त्यसको जवाफ अहिलेसम्म नआएको बोर्डद्वारा सार्वजनिक सूचनामा उल्लेख छ। अलीलाई खोजी गर्न बोर्डले जिल्ला प्रशासन कार्यालय उदयपुर, जिल्ला प्रहरी कार्यालय उदयपुरलाई पत्राचार गरे पनि अहिलेसम्म सम्पर्कमा नआएको जनाएको छ।

तोकिएको समयभित्र रकम दाखिल गरेर स्पष्टीकरण पेश नगरेमा अपचलन गरेको रकम ब्याजसहित असुल गर्न प्रक्रिया अघि बढाउने र अनुपस्थित भएको विषयमा स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कारबाही गर्ने जनाएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter