• Thursday, May 01, 2025

नेपाली खेलाडीको प्रदर्शनमा खुशी छुः मोन्टी देशाई

काठमाडौं, वैशाख १९ गते। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईले नेपाल एसीसी मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एसिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको बताउनुभएको छ।

मंगलवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा ७ विकेटको जित निकाल्दै एशिया कपमा स्थान बनाएसँगै खेलाडीको प्रदर्शनप्रति खुशी व्यक्त गर्नुभएको हो।

मोन्टी देसाईले एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भए पनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आपूm उत्साहित रहेको बताउनुभयो। प्रशिक्षक देसाईले एसिया कपसम्मको यात्रा तय गर्न निकै मेहनत गरेको र टोली सम्हालिसकेपछि टोलीका सदस्यले प्रमाणित गर्न निकै मेहनत गरेको बताउनुभयो।

भारतीय मुलका प्रशिक्षको देशाईको आगामनपछि नेपालले पछिल्लो समय ठूला प्रतियोगितामा राम्रो नतिजा निकालिरहेको छ। दुई महिनामा उत्कृष्ट लयमा रहेको नेपालले लगातार १० खेलमा जित हात पारेको छ। आईसीसी विश्वकप लिग–२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्वकप छनोटमा पुगेको थियो भने धरासायी भएको नेपालको एक दिवसीयमा नेपालले रोमाञ्चक सफलता हात पारेको थियो।

यस्तै, नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल बलिया राष्ट्रसँग खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताउनुभयो। उहाँले बलिया टोलीविरुद्ध पनि राम्रो खेल्दै पछिल्लो समय हात पारेको नतिजालाई सन्तुलनमा ल्याउने बताउनुभयो।

एसिया कपमा नेपालले स्थान बनाउँदै गर्दा टोलीको मेहनत र प्रशिक्षकको भूमिका तारिफयोग्य रहेको समेत बताउनुभयो। प्रशिक्षको योजना अनुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै कप्तान रोहितले एसिया कप नेपाली टोलीका लागि ‘एक्सपोजर’ भएको बताउनुभयो। अहिले एसियाकप आयोजना सम्बन्धमा धेरै विषय उठिरहेको अवस्थामा जुन कुनै स्थलमा भएपनि एसिया कप हुनुपर्ने बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter