• Saturday, April 26, 2025

लाइसेन्सका लागि आइपुग्यो कार्ड, १० दिनमा छपाइ थालिने

विष्णु पाण्डेय / काठमाडौं, माघ ५ गते । यातायात व्यवस्था विभागले स्मार्ट सवारी लाइसेन्स छपाइका लागि अर्डर गरेको १२ लाख कार्डमध्ये ६ लाख कार्ड नेपाल आइपुगेको छ । रोकिएको स्मार्ट सवारी लाइसेन्स छपाइ अब सुरु हुनेछ ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार गत आर्थिक बर्ष २०७९–८० मा टेण्डर गरेअनुसार कार्ड नेपाल आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा टेण्डर गरेको १२ लाख कार्डमध्ये छ लाख कार्ड आइपुगेको छ । अन्य कार्ड विस्तारै आउनेछ ।”

जर्मनिको मूलवर्गसँग १२ लाख कार्ड छपाइका लागि आर्थिक बर्ष २०७९–८० मा सम्झौता भएको थियो । सम्झौताअनुसारको ६ लाख कार्ड अहिले नेपाल आइपुगेको उहाँको भनाइ छ ।

प्रवक्ता पनेरुका अनुसार यी कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैँकले ‘डेलिभरी अर्डर’ गर्नुपर्ने हुन्छ । राष्ट्र बैँकको यो सबै काम सकेपछि विभागले कार्डको ल्याव टेष्ट गर्नेछ । ल्याव टेष्ट गरिसकेपछि गुणस्तर भएको प्रमाणित भएपछि मात्र छपाइको प्रक्रिया थालिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ल्याएको कार्डको गुणस्तर ठीक छ कि छैन भनेर पहिले ‘स्याम्पल’ को रुपमा ल्याव टेष्ट गछौँ, गुणस्तर पुष्टि भएपछि मात्र कार्ड छपाइ र वितरण गछौँ ।” बाँकी रहेको छ लाख कार्ड ४५ दिनभित्र आउने उहाँको भनाइ छ ।

१० दिनमा छपाइ थालिने

यातायात व्यवस्था विभागका प्रवक्ता पनेरुका अनुसार कार्डहरुको ल्याव परीक्षण गर्न धेरै लामो समय नलाग्ने भएकाले १० दिनमा लाइसेन्स छपाइ प्रक्रिया सुरु गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “कार्डको ल्याव टेष्ट गर्न धेरै समय लाग्दैन, त्यसैले १० दिनमा नै हामीले छपाई सुरु गर्ने विश्वास लिएका छौँ ।”

पनेरुका अनुसार स्मार्ट कार्डको अभावमा नियमित प्रिन्ट यतिबेला रोकिएको छ। सन् २०२२ को जुलाइदेखि कार्ड वितरण गर्न नसकिएको उहाँले बताउनुभयो।

पनेरुका अनुसार हाल विभागसँग मौजुदा प्रिन्टर एउटा मात्र रहेको छ। जसको कार्यक्षमता १६ घण्टासम्म निरन्तर चलाउँदा पनि दैनिक चारदेखि पाँच हजारभन्दा बढी प्रिन्ट गर्न सक्दैन। अहिलेसम्म करिब १४ लाख लाइसेन्स छापेर वितरण गर्न सकिएको छैन । चालु आर्थिक वर्षमा थप एउटा मेसिन किन्नका लागि टेण्डरको प्रक्रियामा रहेको पनेरुको भनाइ छ ।

थप टेण्डर गरिँदै

विभागका प्रवक्ता पनेरुका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ मा थप १५ लाख ६० हजार लाइसेन्स कार्ड खरिदका लागि टेण्डर गर्ने प्रक्रियामा रहेको बताउनुभयो । लाइसेन्सका लागि आवेदन दिनेको सँख्या दैनिक पाँच–छ सयको हाराहारीमा रहेकाले अहिले ल्याएको कार्डले सबै छपाई नसकिने भएकाले थप १५ लाख कार्डको लागि टेण्डर गर्न लागिएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter